पोखरा । नागरिक लगानी कोष आफ्नो स्थापनाकालको ३२ वर्ष पूरा गरी ३३ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा कोषको केन्द्रीय कार्यालय, नयाँ बानेश्वर, काठमाडौं लगायत अन्य शाखा कार्यालयहरुमा विविध कार्यक्रम गरिएको छ ।
कोष व्यवस्थापनबाट निर्धारण भएका विभिन्न मापदण्डहरुको आधार तथा कार्यसम्पादनका आधारमा उत्कृष्ट शाखा कार्यालय तथा उत्कृष्ट कर्मचारी समेत घोषणा गरी सम्मानित गरिएको थियो । विभिन्न मापदण्डहरु तथा कार्यसम्पादनका आधारमा यस वर्ष पोखरा शाखालाई उत्कृष्ट भएको छ ।
पोखरा शाखाका कार्यालय प्रमुख नवराज गौतमलाई राजश्व सचिव रामप्रसाद घिमिरेले सम्मान पत्र, दोसल्ला तथा मालासहित सम्मान प्रदान गरे । सम्मान ग्रहण पश्चात् कार्यालय प्रमुख नवराज गौतमले कोष व्यवस्थापनलाई विशेष धन्यवाद प्रदान गर्दै, यस सम्मानबाट आफू अत्यन्त हर्षित भएको तथा अझ जिम्मेवारी थप भएको बताए । आगामी दिनमा पनि आफ्नो कार्यसम्पादन तथा सेवा प्रवाह अझ गुणस्तरीय बनाउने तर्फ ध्यान दिने विश्वास दिलाउँदै पोखरा शाखामा कार्यरत सम्पूर्ण सहकर्मी साथीहरुलाई उनले विशेष बधाई र धन्यवाद प्रदान गरे ।
केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमको सभापतित्व कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले गरेका थिए । अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेलगायत अन्य विशिष्ट व्यक्तिहरुले कोषको वार्षिकोत्सव कार्यक्रममा शुभकामना व्यक्त गरे । कोषका कार्यकारी निर्देशक रमण नेपालले उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गरेका थिए ।
कोषमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई उक्त अवसरमा पदक तथा सम्मान पत्र प्रदान गरिएको थियो ।
विसं २०७१ सालमा कोषको पहिलो शाखाको रुपमा गण्डकी प्रदेशको राजधानी पोखरा, कास्कीमा स्थापना भएको थियो । कोषले आफ्नो सेवालाई विकेन्द्रीकृत गर्ने उदेश्यका हालसम्म ५ वटा प्रदेशमा कार्यालय स्थापना गरिसकेको छ भने आगामी दिनमा बाँकी प्रदेशहरुमा समेत शाखा कार्यालय स्थापना गर्ने लक्ष्य लिएको छ । हाल पोखरा शाखा कार्यालयबाट कोषले प्रदान गर्ने सम्पूर्ण सेवाहरु सेवाग्राहीले प्राप्त गर्न सकिने अवस्था छ ।
Related News
सम्बन्धित समाचार
१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
हङकङ बजारका व्यवसायीले घेरे महानगर कार्यालय
लगानीमा साझेदारी गर्न महानगर र ग्रीन बैंकबीच सम्झौता
‘सहकारीका समस्या समाधान गर्न सरोकारवालाहरु एकतावद्ध होऔ’
ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल
hero news full width
मुख्य समाचार
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
जेठ २२, २०८०गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
जेठ २१, २०८०गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
जेठ २१, २०८०गण्डकीको नीति तथा कार्यक्रम आज
जेठ २१, २०८०