पोखरा । लुम्बिनी विकास बैंक लिमिटेडले पोखराको रामबजार शाखामा एटिएम सेवा सुरु गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष तोरणबहादुर बानियाले सोमबार एटिएमको उद्घाटन गरेका छन् ।
कार्यक्रममा बैंकका सञ्चालक रामचन्द्र सिग्देल, पूर्व अध्यक्ष शुशीलराज पराजुली, पूर्व सञ्चालक बिलबहादुर गुरुङ, बैंकका सेयरधनी, स्थानीय व्यवसायी एवं भद्र–भलादमी, निक्षेपकर्ताका उपस्थिति थियो । शाखा प्रबन्धक बालकृष्ण वनले सञ्चालन गरेको कार्यक्रममा मुख्य प्रबन्धक दीपक खनालले बैंकको संक्षिप्त चिनारीसहित स्वागत मन्तव्य राखेका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराका अनुसार बैंकले हाल ८९ शाखा, १ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको एटिएम संख्या १८ पुगेको छ ।
‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकका सिइओ बोहोराले दाबी गरे । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा ‘मासिक’ रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई २ देखि दश गुणासम्म गर्न मिल्ने समेत बिशेष योजनालाई निरन्तरता दिएको छ ।
Related News
सम्बन्धित समाचार
शिवशिखर र इमेज सहकारीको समस्याबारे गृहमन्त्रीको ध्यानाकर्षण
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
लेकाली सेकुवा रेस्टुरेन्ट एन्ड बारको ओपनिङमा प्रकाश सपूत
लोककल्याणकारी विज्ञापन रोक्ने निर्णयप्रति स्वतन्त्र पत्रकार संघको ध्यानाकर्षण
hero news full width
मुख्य समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०