पोखरा । क्रियाशील पत्रकारका लागि पोखरामा भाषा सम्पादन तालिम शुक्रबार सुरु भएको छ । पोखरा महानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा ३ दिने तालिम सुरु भएको हो ।
तालिमको सहजकर्ता भाषाविज्ञ शरच्चन्द्र वस्ती र पत्रकार विमल आचार्य छन् । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे । उनले भाषा अग्रगामी हुने र भाषाको विषयमा पत्रकार सक्षम हुनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । तालिमले भाषाको कलात्मकताको विषयमा सुधार ल्याउन मद्दत पुग्ने विश्वास लिएका छन् । ‘सञ्चार जगतमा काम गर्ने सञ्चारकर्मीले भाषाका विषयमा ख्याल गर्नुपर्ने देखिन्छ । भाषाका विषयमा समयसापेक्ष हुन सकेनौं भने स्वभाविक रुपमा आक्रमण हुँदै जान्छ,’ उनले भने ।
सहजकर्ता शरच्चन्द्र वस्तीले सबैखालको विषयगत रिर्पोटिङका लागि भाषा महत्वपूर्ण भएको बताए । समाचारमा भाषाको प्रयोग गर्दा अनर्थ नलाग्ने शब्दको प्रयोग गर्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।
प्रेस काउन्सिल सदस्य दुर्गा भण्डारीले सञ्चारमाध्यममा आएका समाचारमा भाषाशैली स्तरिय नहुँदा समस्या आएको बताइन् ।
पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले भाषा शुद्धीकरणमा तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले गण्डकी सरकार प्रेसमैत्री तवरले अगाडि बढ्न आग्रह गरिन् । तालिम संयोजक पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले नेपाली भाषामा पटकपटक आक्रमण हुँदा समस्या खेप्नुपरेको बताए ।
Related News
सम्बन्धित समाचार
सामुदायिक वन उपभोक्ता महासंघ रुपा गाउँपालिमा तिलबहादुर खड्का
किसानको नेतृत्वमा रोटरी गण्डकी
राम्चे चिनाउन चैतेदसैं मेला
राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल
सशत्रका डिआइजी सुवेदीको बिदाइ
hero news full width
मुख्य समाचार
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९