पोखरा। माछापुच्छ्रे गाउँपालिका ८, ठाँटी ल्वाङघलेलमा आयोजित गण्डकी प्रदेश अन्तरवडास्तरीय पुरुष भलिबलको उपाधि चापाकोट वडा ४ ले जितेको छ ।
युवा विकास तथा खेलकदु समन्वय समिति माछापुच्छ्रे ८ को आयोजनामा भएको प्रतियागिताको फाइनलमा बागलुङको निसिखोला गाउँपालिका १ लाई ३–० को सोझो सेटमा हराउँदै उपाधि चुमेको हो । उपाधिसँगै चापाकोटले १ लाख ११ हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । निसिखोलाले ५५ हजार ५ सय साथमा सिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
सेमिफाइनलमा पराजित पर्वतको मोदी गाउँपालिका १ र स्याङ्जाको विरुवा गाउँपालिका ७ लाई सान्त्वना पुरस्कार स्वरुप २२ हजार प्रदान गरिएको युवा विकास तथा खेलकुद समन्वय समिति माछापुच्छ्रे ८ का अध्यक्ष गणेश घिमिरेले बताए ।
महिलातर्फ क्लबस्तरीय भलिबल प्रतियोगितामा टिम लामाचौरले हिमचुलीलाई ३–१ को सेटमा हराएर उपाधि चुम्यो । लामाचौरले ३५ हजार र हिमचुलीले २० हजार प्राप्त ग¥यो । एसएमएस पोखरा र अर्चलबोट भलिबल ट्रेनिङ सेन्टरलाई सान्त्वना पुरस्कार १०/१० हजार प्रदान गरिएको प्रतियोगिता संयोजक सन्तोष गुरुङले जानकारी दिए ।
महिलातर्फ माछापुच्छ्रे ८ अन्तरगाउँ टोलस्तरीय भलिबलमा लुम्रे कोलेलीले उपाधि जितेको छ । लुम्रे कोलेलीले खोरामुखलाई ३–२ को सेटमा हराएको हो । विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ पाए । घलेल र नयाँपुल साँखुलाई सान्त्वनासहित ८/८ हजार प्रदान गरियो ।
विजेतालाई गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, प्रदेशसभा सदस्य गणेशमान गुरुङ, माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, माछापुच्छ्रे ८ का अध्यक्ष रामबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा वडास्तरमा खेलकुद
प्रदेश सरकारबाट क्रिकेट खेलाडी सम्मानित
वडाध्यक्ष कप व्याडमिन्टन
पोखरा स्पोर्ट्स अवार्ड समिति
पोखरामा आर्चरी प्रशिक्षण
hero news full width
मुख्य समाचार
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९नवनियुक्त मन्त्रीहरुले लिए शपथ
चैत्र १७, २०७९