स्याउको बिरुवा ढिला बाँडियो : सांसद शेरचन

आदर्श समाज सम्वाददाता
माघ १९, २०७९
bikal

पोखरा ।  गण्डकी प्रदेश सभा सदस्य विकल शेरचनले कृषि विकाश निर्देशनालले स्याउको बेर्ना ढिलो उपलब्ध गराएको बताएका छन् ।

गण्डकी प्रदेश सभाको पहिलो अधिवेशन, छैटौ बैठकको शून्य समयमा आफ्नो धारणा राख्दै शेरचनले मनाङ, मुस्ताङ र गोरखामा प्रदेश सरकारको ७५ प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको स्याउको बेर्ना ढिला उपलब्ध गराएको बताएका हुन् ।

‘स्याउको बेर्ना सार्ने उपयुक्त महिना माघ, फागनु भएतापनि ढिला गरी जेठ, असारमा बेर्ना उपलब्ध गराउँदा बेर्नाहरुको मृत्यूदर उच्च रहेको पाईएको छ,’ उनले भने, ‘यसले प्रदेश सरकार र कृषकहरुको लगानीलाई जोखिममा पर्ने र सोंचे अनुसारको प्रतिफल प्राप्त गर्न कठिन हुने मेरो व्याक्तिगत ठम्याई छ ।’

विदेशबाट आयात हुने स्याउ बिस्थापित गरी स्वदेशी स्याउमा आत्मनिर्भर गराउन प्रदेश सरकारले यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने उनको धारणा थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width