पोखरा । लेखनाथ साहित्य प्रतिष्ठान पोखराको शनिबार सम्पन्न साधारणसभाले पद्मराज ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा छवि सुवेदी, सचिवमा कृष्णप्रसाद पौडेल, कोषाध्यक्षमा प्रतिभा शर्मा र सहसचिवमा धर्मराज पौडेल अल्पायु छन् । सदस्य ताराप्रसाद शर्मा, मदन घिमिरे, सीता तिमिल्सिना, बलराम पौडेल, मनोज पौडेल, गीता तिवारी तथा आमन्त्रित सदस्य ऋषिकेश बराल र बलराम तिमिल्सिना चयन भए ।
प्रतिष्ठानका पूर्व अध्यक्ष एवं स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको संयोजकत्वमा हनिफ मियाँ, रामबहादुर कोइराला र भीम रानाभाट सदस्य रहेको निर्वाचन समितिले निर्वाचन सम्पन्न गरेको हो ।
साधारणसभाको पृथ्वीनारायण क्याम्पस नेपाली विभाग प्रमुख प्राडा कुसुमाकर न्यौपानेले उद्घाटन गरेका थिए । उनले साहित्य संस्कृति क्षेत्रमा पनि निष्ठावान्को एकता आवश्यक रहेको बताए ।
स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले लेखनाथ साहित्य प्रतिष्ठानले राष्ट्रिय पहिचान बनाउन सफल भएको बताए । प्रतिष्ठान अध्यक्ष पद्मराज ढकालको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष छवि सुवेदीले स्वागत र सचिव कृष्णप्रसाद पौडेलले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
बंगलादेशमा घन्कियो रेशम फिरिरी …
… अनि दुर्गा बराल बने वात्स्यायन
वात्स्यायनको अभिनन्दन तथा रथारोहण
देवुको ‘अव्यक्त पीडा’ र ‘दोषी नजर’ लोकार्पण
रत्नमानको ३ भाषाको पुस्तक
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९