सबीको अपरिभाषित आभा लोकार्पित

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०८१
Aparivasit Aava- Bimochan

काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले प्रकाशित गरेको मुक्तक कृति पकेट साइजमा मल्टिकलरमा सचित्र छापिएको छ । पुस्तकमा १०१ मुक्तक समेटिएका छन् ।

बेलायत हुँदै पोर्चुगल पुगेकी मुक्तककार श्रेठले घरदेश आएको मौका छोपी सो कृति प्रकाशन गरेकी हुन् ।

प्रमुख अतिथि उषा शेरचनसहितले  कृति लोकार्पण गरे । शेरचनले अहिले साहित्यमा नेपाली नारी स्रष्टाको उत्साहवद्र्धक उपस्थिति रहेको बताउँदै कृतिकारलाई बधाई दिइन् ।

शेरचनले कृतिकार श्रेष्ठलाई नेपाली मुक्तकलाई विश्वव्यापीकरण गर्नमा योगदान दिएको भन्दै सम्मान पत्रसमेत प्रदान गरिन् । विशेष अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले नेपाली मुक्तकको लोपप्रियता विश्वव्यापी बन्दै गएको बताए ।

आवरण प्रकाशनका प्रबन्ध निर्देशक कवि÷ कलाकार रमेश पौडेलले प्रकाशनमा नयाँ आयाम दिँदै प्रकाशनलाई प्राज्ञिक संस्थाको रूपमा विकास गर्दै लैजाने जानकारी दिए ।
कृतिका समीक्षकद्वय डा. रमेश शुभेच्छु र भारती न्यौपानेले मुक्तककार श्रेष्ठले भावुक मनका चोटिला अभिव्यक्ति चतुष्पदीय शैलीमा प्रस्तुत गरेको बताए ।

कृतिकार सबी श्रेष्ठले २ दशकको मुक्तक साधनाले मूर्तरूप लिएको बताउँदै अतिथि सबैलाई मायाको चिनो प्रदान गरिन् ।

लोकार्पित कृतिबाट मुक्तककारहरू कल्पना काफ्ले, मीना चौलागाईं र सन्तोष अम्गाईंले मुक्तक वाचन गरेका थिए । मुक्तककार सीता रिजालको सूत्रधारीमा सञ्चालित समारोहमा साहित्यकार र साहित्यानुरागीको ओजपूर्ण उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width