सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०८१
siranshil

पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण भएको छ ।

संस्थाका सदस्य उपप्राध्यापक डा.बोधराज ढकालले आफ्नो विद्यावारिधि तहको शोधप्रबन्धमा आधारित भएर सिर्जनशील परिवार समक्ष अध्ययनको सार प्रस्तुत गरे ।
उनले अध्ययनमा लेखनाथ पौड्याल आफ्नो साठी बर्से काव्य साधनामा क्रमशः शृंगारिक प्रवृत्तिबाट प्रवेश गरी आध्यात्मिक भाव हुँदै दार्शनिक चिन्तनलाई फराकिलो बनाएको बताए ।

ढकालले अध्ययनमा लेखनाथ पौड्यालका बुद्धिविनोद (१९७३), सत्यकली संवाद (१९७६) र तरुणतपसी (२०१०) गरी ३ वटा काव्यकृति लिएर तिनलाई जीव र जगत्, माया र बन्धन तथा मोक्ष र ब्रह्मका आधारमा अध्ययन गरेको स्पष्ट पारे ।

शंकराचार्यको वेदान्त दर्शनलाई सिद्धान्त मानेर लेखनाथका काव्यकृतिको निरूपण गर्दा ब्रह्मलाई सत्य र जगतलाई मिथ्या मानेको साथै जीवात्मा र ब्रह्म एउटै रहेको पाइएको उनको भनाइ छ ।

कार्यक्रममा प्राडा.जगन्नाथ रेग्मी, प्राडा.शालिग्राम सुवेदी, सहप्रा.राधाकृष्ण गैरे, डा.श्रीधर न्यौपाने, डा.योगराज पौडेल, डा.भोलानारायण रेग्मी, सहप्रा.पूर्णचन्द्र वाग्ले, डा.लक्ष्मीशरण अधिकारी, डा.टीकाराम आचार्यलगायतले जीवन, जगत्, अध्यात्म, धर्म, दर्शन, ज्ञान, विज्ञान, मोक्ष, मन, समाज, जीवलगायत पक्षमा केन्द्रित भई विभिन्न तर्क र टिप्पणी गरे ।

संस्थाका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव डा. भानुभक्त आचार्यले गरेका थिए । संस्थाले हरेक महिनाको दोस्रो शनिबार यस्तै सिर्जनात्मक, समालोचनात्मक र अनुसन्धानमूलक कार्यक्रम गर्दै आइरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width