जहाज दुर्घटनास्थलमा विशेष पूरा गरिने

आदर्श समाज सम्वाददाता
माघ १२, २०७९
air puja

पोखरा । विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको १३ औं दिनको पुण्य तिथि पारेर दुर्घटना स्थलमा श्रद्धाञ्जली अर्पण तथा विशेष पूजा गरिने भएको छ ।

दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १३ माघमा ३ घण्टासम्म श्रद्धाञ्जली सभा एवं विशेष पूजा गरिने शुक्लेश्वर महादर मन्दिर व्यवस्थापन समिति अध्यक्ष घनश्याम भण्डारीले बताए ।

उनका अनुसार पुण्य तिथिको दिन पण्डितहरूका साथै बह्मकुमारीहरूबाट पूजापाठ, दीप प्रज्वलन, स्वस्ति शान्ति गरी गीता पाठ गर्नुका साथै हवन गरी दिवंगत आत्माको शान्तिको कामना गरिनेछ । सो अवसरमा विभिन्न धर्ममा विश्वास राख्ने जो कसैले पनि आफ्नो संस्कार अनुरूप कार्य गर्न सक्ने अध्यक्ष भण्डारीले बताए ।
कार्यक्रमको संयोजक पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँ छन् ।

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको विमान १ माघमा पोखरा ७ र १५ को सीमा सेती खोंचमा दुर्घटना हुँदा चालक दलका ४ सहित ७२ जनाको मृत्यु भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width