पोखरा । पोखरा–११, रानीपौवास्थित सयपत्री सहकारी संस्थाले गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार र शाखा अधिकृतको उपस्थितिमा अन्तक्र्रिया र प्रशिक्षण भएको छ । संस्थाका सञ्चालक समिति, लेखा समिति, सल्लाहकार, कर्जा उपसमिति, शिक्षा उपसमिति र कर्मचारीबीच सहकारी को अवस्था र चुनौतीबारे अन्तक्र्रिया र प्रशिक्षण गरेको हो ।
सहकारी रजिस्ट्रार रमेश धर्तीले हाल आर्थिक संकटका कारणले बैंक तथा वित्तीय संस्थालाई मात्र नभई समग्र अर्थतन्त्रलाई असर पारेको बताए । चुनौतीमात्र हैन यो अवसर पनि हो भन्दै उनले असल र सक्षम सहकारीले यसलाई अवसरका रुपमा लिनुपर्नेमा जोड दिए ।
सहकारी आफ्नै सदस्यहरुबाट मात्र सञ्चालन हुने भएकाले संस्थाका लिडरहरुले सहकारीका विषयमा सदस्यलाई सुसुचित गराई आफ्नै संस्थामा पूर्ण विश्वास दिलाई कारोबार गराउने गरेमा संस्थाहरु कहिल्यै पनि अप्ठ्यारोमा नपर्ने उनको भनाइ थियो ।
रजिस्ट्रार कार्यालयका शाखा प्रमुख चोलाकान्त वाग्लेले संस्था सञ्चालन गर्दा सर्वप्रथम सहकारी ऐन र सोमा बनेका नियमावलाीहरु राम्रोसँग अध्ययन गर्न सबैमा आग्रह गरे । संस्थाका सहसचिव जनार्दन बाँस्तोलाको संयोजकत्वमा भएको कार्यक्रम माघ ६ र ७ गते धम्पुसमा भएको थियो ।
संस्थाका अध्यक्ष टीकाबहादुर कार्कीले अन्तक्र्रिया एवं प्रशिक्षण कार्यक्रमले संस्थालाई निकै लाभ पुगेको र कार्यक्रममा सुझाव तथा सल्लाहलाई आत्मात् गर्दै संस्थालाई अझै राम्रो बनाउँदै लाने र सदस्यमुखी सेवा र उत्पादनप्रतिको जोडमा आफू प्रतिबद्ध रहेको बताए ।
संस्था कोषाध्यक्ष रमेश शर्मा बाँस्तोलाले आर्थिक विवरण जानकारी गराएका थिए । बजारमा सहकारीको अवस्था र हुनुपर्ने सतर्कताका विषयमा भएको अन्तक्र्रिया र प्रशिक्षणबाट सहकारीकर्मी लाभांन्वित भएका संस्थाका प्रबन्धक विकास सुवेदीले जानकारी दिए । कास्कीमा कार्यक्रम सञ्चालन सचिव वसन्तराज कोइरालाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
चेम्बर अफ कमर्स गण्डकीले ‘आइडिया बैंक’ स्थापना गर्ने
व्यवसायीलाई जोगाउन पोखरा उद्योग वाणिज्य संघको माग
अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
स्वागतम् सहकारीको प्रथम वार्षिकोत्सव
हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९