पोखरा । नेपाल व्यवस्थापन संघ गण्डकी प्रदेश समिति गठन गरिएको छ । संघका केन्द्रीय अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा शनिबार पोखरामा आयोजित कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा. वीरबहादुर कार्कीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । नवगठित प्रदेश समितिको उपाध्यक्षमा देवीलाल शर्मा (पृथ्वीनारायण क्याम्पस), सचिवमा माधव बस्ताकोटी (शंकर पेपर वर्कस् प्रालि), कोषाध्यक्षमा सूर्य रोक्का (नबिल बैंक गण्डकी प्रदेश) चयन भएका हुन । त्यसैगरी सदस्यहरुमा दुर्गाप्रसाद हुमागाईं (सफल मिडिया हाउस प्रालि), गणेशबहादुर थापा (होटल स्नोल्यान्ड, लेकसाइड), प्रकाश रेग्मी (नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज) र सिए अमित थापा (हिमश्री फुड) चयन भएका निर्वाचन समितिका संयोजक दिलीप पौडेलले जानकारी दिए ।
गण्डकी विश्वविद्यालयका कुलपति डा. गणेशमान गुरुङको प्रमुख आतित्यतामा सम्पन्न कार्यक्रममा नेपाल व्यवस्थापन संघका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल, महासचिव मोहन ओझा, पूर्वकोषाध्यक्ष दिलिप पौडेलले संघले हालसम्म गरेका गतिविधि र आगामी कार्यक्रमका विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनार, नवनियुक्त अध्यक्ष डा. बीरबहादुर कार्कीको, देविलाल शर्मा लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
चेम्बर अफ कमर्स गण्डकीले ‘आइडिया बैंक’ स्थापना गर्ने
व्यवसायीलाई जोगाउन पोखरा उद्योग वाणिज्य संघको माग
अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
स्वागतम् सहकारीको प्रथम वार्षिकोत्सव
हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९