लेखनाथ। लेखनाथका हार्डवेयर व्यवसायीहरु र विभिन्न निर्माण सामग्री कम्पनीका वितरकहरुविच शुक्रबार अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
व्यवसायीहरुको छाता संगठन लेखनाथ हार्डवेयर एशोसिएसनको आयोजनामा आयोजित कार्यक्रममा व्यवसायीहरुले प्रतिकुल आर्थिक अवस्थाका कारण व्यवसायमा परेको असर एवं वितरकहरुका कारण खेप्नुपरेको हैरानीका विषयमा गुनासो गरेका थिए ।
कार्यक्रममा एशोसिएसनका निवर्तमान अध्यक्ष विजय गुरुङले हिजोका दिनमा कारोबारका आधारमा करौंडोको सामान उधारोमा दिएर वेच्न लगाउने वितरकहरुले अहिले आर्थिक अवस्था प्रतिकुल भएको अवस्थामा धरपकडको शैली अपनाएकाले व्यवसायीहरु मर्कामा परेको वताए ।
उनले कतिपय व्यवसायीहरु व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको र कतिपय व्यवसायीहरुलाई प्रशासन लगाएर कानुनी कारवाहीको प्रक्रिया समेत अगाडी वढाईएको पाईएको वताउँदै यसले व्यसायीहरुविचमा त्रास उत्पन्न गराएको वताएका थिए ।
यस्तै पोखरा हार्डवेयर व्यवसायी एशोसियसनका अध्यक्ष पृथ्वीराज तिम्सिनाले संस्थागत पहल र सहकार्यको सिको आफुहरुले पनि गर्ने वताएका थिए ।
लेखनाथ उद्योग वाणिज्य संघका अधयक्ष छत्रधर आत्रेयले व्यवसायीहरुको छाता एशोसिएसन बलियो हुनुपर्ने र व्यवसायीक मर्यादा पनि कायम राख्नुपर्नेमा जोड दिएका थिए ।
व्यवसायी लक्ष्मण सुनारले आफुहरुले जुनसुकै हालतमा पनि कम्पनीलाई तिनुपर्ने रकम तिर्ने तर त्यसका निमित वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गरी भाखाको अवधीको विषयमा वितरकहरुले लचकता अपनाईदिनुपर्ने वताएका थिए । उनले व्यवसायीहरुको पनि ठुलो रकम बजारबाट उठ्नुपर्ने रहेकाले यसमा एशोसिएसनले पनि सहजिकरण गरिदिनुपर्ने वताएका थिए ।
उक्त अवसरमा भक्त बहादुर केसीले व्यवसायीहरुको विषयमा समस्या समाधानको लागी संस्थागत पहल हुनुपर्नेमा जोड दिएका थिए । उनले समस्याको विषयमा छलफल गर्नका लागी बोलाईएका अधिकांश निर्माण कम्पनीहरुका वितरकहरु अनुपस्थीत भएकोमा खेद व्यक्त गर्दै यदि वेवास्ता गरिएको हो भने यो उचित नभएको वताएका थिए । उनले अहिलेको आर्थिक अवस्था प्रतिकुल भएको वताउँदै भने– “न कम्पनी दोषी हो, न विक्रेता दोषी हुन अहिलेको समय नै खराब हो ।”
कार्यक्रममा वितरकहरुले पनि आ–आफ्नै समस्या व्यक्त गरे । अशोक स्टिल्सका बजार प्रतिनिधि प्रकाश आचार्यलाई उठ्नुपर्ने रकम उठाउनको लागी कम्पनीले दबाब दिने भएका कारण पनि आफुहरुले पटक पटक ताकेता गर्नुका साथै कानुनी बाटो समेत अपनाउनुपरेको वताए । उनले आर्थिक अवस्थाका कारण सबै क्षेत्रहरु प्रभावित भएको अवस्थामा त्यसको प्रभाव निर्माण सामग्री उत्पादन कम्पनीहरुमा पनि परेकाले खाली हात नर्फकाईदिन व्यवसायीहरुलाई अनुरोध गरे ।
यस्तै हामा स्टीलका निर्मल खनालले उत्पादक कम्पनी संधै स्थायी र आफुहरु अस्थायी हुने भएकाले भोली जुनसुकै कम्पनी र क्षेत्रमा पनि जान सकिने भएकाले आफुहरुले व्यवसायीहरुको हित र भलो चाहने वताउँदै व्यवसायीहरले क्षणीक उत्तेजना र भावनामा बहकिएर कारोवार नर्गन र हरेक कारोबार पारदर्शी एवं सम्झौता गरेर गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष राजेन्द्र ओझाले व्यवसायी, वितरक र कम्पनी सबै सहकार्य गरेर अगाडी वढ्नुपर्ने वताउँदै धैर्य गरिदिन र व्यवसायीहरुलाई काम गर्ने वातावरण बनाईदिन आग्रह गरे । यस्तै मिडिया सल्लाहकार नवराज सापकोटाले व्यवसायीहरुलाई अस्वस्थ प्रतिष्पर्धा नगरी वित्तिय अनुशासन कायम गरी सही तरीकाले व्यवसाय गर्नुपर्नेमा जोड दिंदै वितरक र कम्पनीहरुले धरपकडको शेली अपनाउनु गलत भएको वताएका थिए ।
एशोसिएसनका अध्यक्ष ऋषिराम जमरकटृेलको अध्यक्षतामा समपन्न कार्यक्रमको सञ्चालन महासचिव नवराज तिवारी र धन्यवाद ज्ञापन उपाध्यक्ष अर्जुन पँगेनीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१