पुस १५ पछि कस्ता मोबाइल चल्दैनन् ?

रासस
पौष १२, २०७९
Mobile Phone

काठ्माडौं । नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेबाट ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ ९एमडीएमएस० पूर्णरुपमा कार्यान्वयनमा ल्याउने भएको छ ।

एमडीएमएस कार्यान्वयनमा आएसँगै अवैध तरिकाले नेपाल भित्र्याइएका, कर नतिरेका र व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेट नेपालमा चल्ने छैनन् । यस्ता मोबाइल सेटको कर आउँदो शुक्रबारभित्रसम्ममा बुझाउन र आइएमइआर नम्बर लिन दूरसञ्चार प्राधिकरणले सूचना जारी गरेको छ ।

“मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङरब्लकिङ गर्न प्राधिकरणले परीक्षणको रुपमा लागू गरेको मोबाइल एमडीएमएस पुस १५ गतेदेखि पूर्णरुपमा कार्यान्वयनमा आउने व्यहोरा जानकारी गराइन्छ ।” प्राधिकरणले सूचनामा भनेको छ ।

विदेशबाट आउने नेपालीले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका मोबाइल अनिवार्यरुपमा एमडीएमएस प्रणालीमा दर्ता गर्नुपर्नेछ । त्यस्तै, गत भदौ भन्दाअगाडि प्रयोगमा नरहेका मोबाइल सेटको पनि भन्सार घोषणा गरी भन्सार कार्यालयबाट प्रज्ञापनपत्र लिएर अनिवार्यरुपमा एमडीएमएस प्रणालीमा दर्ता गर्नुपर्नेछ ।

भन्सारमा घोषणा नभएका मोबाइल पुस १५ गतेदेखि दर्ता नगरिने तथा यस्ता मोबाइल सेट सञ्चालनमा रोक लगाइने पनि प्राधिकरणले जनाएको छ । विदेशबाट व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटका लागि अनिवार्य रुपमा प्रज्ञापनपत्र लिनुपर्नेछ । प्रज्ञापनपत्र लिइसकेपछि राहदानी, नागरिकता वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै आधिकारिक विवरणका आधारमा मात्र दर्ता गरिने पनि प्राधिकरणले स्पष्ट पारेको छ ।

त्यस्तै, नेपालभित्रै मोबाइल खरिद गर्दासमेत उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए–नभएको यकिन गरेर खरिद गर्नसमेत प्राधिकरणले आग्रह गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथ खानेपानीमा अत्याधुनिक प्रणाली लागु

    आदर्श समाज सम्वाददाता माघ १०, २०७९
    लेखनाथ । लेखनाथ खानेपानी उपभोक्ता संस्थाले मंगलबारबाट एएमएस प्रणाली लागु गरेको छ । संस्थाले मंगलबार एक कार्यक्रमको आयोजना गरी खानेपानी…
  • सस्तोमा इन्टरनेट

    आदर्श समाज सम्वाददाता माघ ४, २०७९
    पोखरा । वाइफाई नेपाल नामक इन्टरनेट सेवा प्रदायक संस्थाले सस्तोमा इन्टरनेट सेवा विस्तार गर्ने भएको छ । उक्त इन्टरनेटले पोखरा,…
  • शिलालाई एनसेल अवार्ड

    आदर्श समाज सम्वाददाता पौष १२, २०७९
    पोखरा । यो वर्षको ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२’ शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ । काठमाडौंमा इन्फोडेभलपर्स आइसिटी…
  • सेन्साईको विश्वकप च्याम्पियन अफर

    आदर्श समाज सम्वाददाता मंसिर ९, २०७९
    पोखरा । जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड सेन्साईले विश्वकप च्याम्पियन अफर सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत ग्राहकले…
  • चालु आवको अन्त्यसम्म राजधानीका तीनवटै जिल्लामा एफटिटिएच सेवा पुर्‍याइने

    आदर्श समाज सम्वाददाता मंसिर ७, २०७९
    काठमाडौं ।  नेपाल टेलिकमले चालु आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा फाइबर टु द होम (एफटिटिएच) सेवा पुर्‍याउने…

hero news full width