पोखरा । पोखराका विभिन्न पर्यटकीय क्षेत्रमा घुमघाममा रहेका भारतीय अभिनेता विवेक ओवराय सहितको परिवारको टोली आव्या क्लब पुगेको छ ।
क्लब कार्यकारी निर्देशक किरण केसी र प्रबन्ध निर्देशक निरोज लामाले संयुक्त रुपमा ओवरायसहितको टोलीलाई सोमबार स्वागत गरे । ओवरायले पनि आतिथ्यताको प्रशंसा गरे ।
आव्याले सञ्चालन गरेको फिटनेस, वेलनेस र रिक्रियसनको अवलोकन गर्दै ओवरायले पोखरामा यस्तो फिटनेस र स्वास्थ्यसँग सम्बन्धित क्लबले पर्यटकीय क्षेत्रमा बिशेष योगदान पु¥याउन सक्ने बताए । ‘पोखरा आफैमा पर्यटकीय हब हो, ओवरायले भने, ‘फिटनेस र स्वास्थ्यलाई मध्यनजर गर्दै संचालनमा ल्याइएको आव्या क्लबले सबैको मन जित्नेछ ।’ उनले सो क्लब अन्तर्राष्ट्रियस्तर सरहकै रहेको र यसले दिएको उत्कृष्ट सेवा सुविधाबाट आफू निकै प्रभावित भएको बताए ।
२०७९ बैशाख १ देखि सञ्चालित क्लबमा बरुण खड्का, रोशन केसी, किरण केसी, प्रकाश केसी, विश्व गौतम, अशोकबहादुर मल्ल र निरोज लामाको संयुक्त लगानी छ ।
यसैबीच, अभिनेता ओवरायले सोमबारनै प्याराग्लाडिङको मज्जा लिएका छन् । उनी त्यसअघि पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ पुगी गल्फसमेत खेले ।
Related News
सम्बन्धित समाचार
पोखरामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आफ्नै भवन
१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
हङकङ बजारका व्यवसायीले घेरे महानगर कार्यालय
लगानीमा साझेदारी गर्न महानगर र ग्रीन बैंकबीच सम्झौता
‘सहकारीका समस्या समाधान गर्न सरोकारवालाहरु एकतावद्ध होऔ’
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०