पोखरा । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रत्यक्षतर्फ चुनाव नलड्ने घोषणा गरेका छन् । भट्टराईले सोमबार फेसबुकमार्फत आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराएका हुन् ।
२०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा,दिदीबहिनी,दाज्यूभाइहरूमा अन्तःहृदयैदेखि आभार व्यक्त गर्दछु, भट्टराईले लेखेका छन्,आगामी २०७९ मंसिर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।
उनले प्रत्यक्ष चुनाव नलडे पनि पार्टीको काम र जनसेवामा निरन्तर खटिरहने प्रतिबद्धता पनि जनाएका छन् । चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन१ कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्नरभन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन। तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनतारसमाजको सेवा गर्ने साधन हो।म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु, भट्ट्रराईले जनाएका छन् । भट्टराई गत २०७४ को निर्वाचनमा गोरखाको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।
नेकपा माओवादी केन्द्रको चुनाव चिह्न गोलाकार भित्रको हँसिया हथौडाबाट चुनावी प्रतिस्पर्धा गर्ने निर्णय लिएको नेसपाका अध्यक्ष भट्टराई गोरखा २ का आकांक्षी थिए ।
Related News
सम्बन्धित समाचार
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
घान्द्रुक होटलका पायोनियर
अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीको मारुती, भौतिकमन्त्रीको एस्काभेटर
घान्द्रुक घुम्न चक्रीय पदमार्ग
hero news full width
मुख्य समाचार
जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी
हेमदेवी धर्म संस्कृतिपुरस्कारबाट कमलनयनाचार्य सम्मानित
असाेज ६, २०८०फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन बुझाइयो
असाेज ६, २०८०सरकार–शिक्षकबीच सहमति
असाेज ५, २०८०संशोधनसहित वन विधेयक पास : संरक्षित क्षेत्रमा प्रदेशको हस्तक्षेप
असाेज ५, २०८०प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार निर्मला शर्मालाई
असाेज ४, २०८०