चितवन उद्योग संघको ३१ औं सभा

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७९
Chitwan udhog sangs

भरतपुर । चितवन उद्योग संघको ३१ औं वार्षिक साधारण सभा तथा चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारीको ११ वार्षिक साधारण भएको छ । चितवन उद्योग संघ एवं चितवन औद्योगिक विकास साकोसका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा भएको सभामा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल प्रमुख अतिथि थिए ।

प्रमुख अतिथि अग्रवालले देशलाई आर्थिक रुपमा सबल बनाउने उद्योगधन्दालाई निर्वाधरुपमा सञ्चालन गर्ने वातावरण सिर्जना गर्न राज्यको नीतिमा सुधार हुनुपर्ने बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले स्थापनाकालदेखि हालसम्म दुई संस्थाबीचको सामीप्यताले आफूहरु निकै उत्साहित भएको र अबका दिनमा समेत सहकार्य गरी योजनाहरु बनाएर लाग्ने बताए ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले संघ र साकोस स्थापनाको पूर्वकालीन अवस्थाबारे बोलेका थिए ।

संघका बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडीले संघले अघि सारेको शक्तिखोर औद्योगिक क्षेत्र र त्यहाँको वर्तमान कार्यप्रगतिका बारेमा उद्योगीलाई जानकारी दिए ।

सभामा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश अध्यक्ष तारानाथ चौलागाई, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेल, रुपन्देही उद्योग संघका उपाध्यक्ष कृष्ण पराजुली लगायतले बोलेका थिए ।

चितवन उद्योग संघ तथा चितवन औद्योगिक विकास साकोसका अध्यक्ष त्रिलोचन कँडेलले स्वागतसँगै वार्षिक प्रतिवेदन प्रस्तुत गरेकोे कार्यक्रममा चितवन उद्योग संघमार्फत् प्रकाशित उद्यमी सन्देश र चितवन औद्योगिक विकास साकोसको वार्षिक पुस्तिका विमोचन गरिएको थियो ।

साधारणसभाको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गरेको साधारणसभामा चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद न्यौपानेले धन्यवाद मन्तव्यसहित समापन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width