गैंडाकोट आदर्शको रक्तदान

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७९
Gaidakot redcross blood donation

गैंडाकोट । नेपाल रेडक्रस सोसाइटी गैंडाकोट आदर्श उपशाखाले शुक्रबार आयोजना गरेको रक्तदानमा ५२ युनिट रगत संकलन भएको छ । नवलपुर र चितवन जिल्लामा रगत अभाव न्यूनीकरण गर्न रक्तदान गरिएको गैंडाकोट आदर्श उपशाखाले जनाएको छ ।

गैंडाकोट २ का सन्तोष वाग्लेले १०८ औं पटकको रक्तदान गरी रक्तदान शुभारम्भ गरे । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य पूर्णप्रसाद गौडेल प्रमुख अतिथि थिए । कार्यक्रममा एसपिएम कलेजका अध्यक्ष महेन्द्रभक्त अधिकारी, एसपिएम कलेज प्रमुख दीपेन्द्र पौडेल, खेमराज सापकोटा, गीता तिवारीलगायत अतिथि थिए आदर्श उपशाखाका कार्यवाहक अध्यक्ष उमाकान्त सापकोटाको अध्यक्षता भएको कार्यक्रममा उपशाखा सहसचिव माधव सिग्देलले सहजीकरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width