बिमा रकम भुक्तानी

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७९
Cheque Handover Pgm

लेखनाथ । पोखरा २७ का स्व.बलराम लामिछानेका परिवारलाई बिहीबार एलआइसी नेपालले मृत्यु दाबीवापतको चेक हस्तान्तरण गरेको छ ।

लामिछानेकी पत्नी गोमाकुमारी लामिछानेलाई पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापा र एलआइसी नेपाल लेखनाथ शाखाका प्रमुख सुरज भट्टले बिमा वापत २ लाख ७२ हजारको चेक हस्तान्तरण गरे । वडाध्यक्ष थापाले लामिछानेले परिवारले असल अभिभावक गुमाएकोमा दुख व्यक्त गर्दै, मृत्यु दाबीवापतको रकमले परिवारलाई थोरै भएपनि आर्थिक सुरक्षा प्रदान गरेको बताए ।

एलआइसी नेपाल लेखनाथ शाखाका प्रमुख सुरज भट्टले स्व. लामिछानेको परिवारमा अभिभावक नहुँदाको पीडामा आर्थिक सुरक्षणका रुपमा विमाको रकमले सानो भए पनि सहयोग रहेको बताए ।

पोखरा महानगरपालिकामा नासु पदमा कार्यरत रहँदा बलराम लामिछानेको गत माघमा निधन भएको थियो । साविक लेखनाथ नगरपालिकाले लामिछानेको २ लाख रुपैयाँ विमांकको १० वर्षे सावधिक जीवन बिमा गरिदिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width