एलजी टिभीको एसेम्बली प्लान्ट सुरु

आदर्श समाज सम्वाददाता
असाेज ६, २०७९
LG MD VISIT PR_Nepali USE IT

पोखरा । सिजी इलेक्ट्रोनिक्स (चौधरी ग्रुप) को निमन्त्रणामा एलजी इलेक्ट्रोनिक्स, सिंगापुरका प्रबन्ध निर्देशक सुन्घो चुनले नेपाल भ्रमणका साथै चौधरी ग्रुपसँगको सहकार्यमा काठमाडौं सतुंगलमा एलजीको टिभी एसेम्बली प्लान्टको उद्घाटन गरेका छन् । उनको यस भ्रमणले एलजी ईलेक्ट्रोनिक्स इंक, दक्षिण कोरिया र चौधरी ग्रुपबीचको दीर्घकालीन सहकार्यलाई संकेत गरेको छ ।
नेपालमा एसेम्बल गरिएका उत्पादनको गुणस्तर एलजीको मापदण्डअनुसार कायम राख्न एलजी इलेक्ट्रोनिक्स इंकका प्राविधिक विशेषज्ञको टोलीले नेपाली इन्जिनियरिङ टोलीलाई निरन्तर पर्यवेक्षण र सहयोग गर्दै आएको छ ।

भ्रमणका क्रममा चुनले एलजीको नयाँ एसेम्बली प्लान्टले एलजीका उत्पादनलाई थप किफायती बनाउने अपेक्षा गरिएको बताए । भविष्यमा एलजीका होम एप्लाएन्स र इन्टरटेनमेन्ट एप्लाएन्स नेपालमै एसेम्बल र उत्पादन हुने जनाइएको छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले चुन र एलजी इलेक्ट्रोनिक्स इंकप्रति कृतज्ञता व्यक्त गर्दै नेपालमा एलजीजस्तो विश्वस्तरीय ब्रान्डसँग आवद्ध हुन पाउँदा गौरवान्वित भएको बताए । नेपालमा हाल एलजीका ८ वटा शोरुमहरु छन् ।

चुनले नेपालमा टिभी प्यानल निर्माण इकाइ स्थापना गर्ने सम्भाव्यता अवलोकन गर्न नवलपरासीको देवचुलीस्थित सिजी इन्डस्ट्रियल पार्क पनि भ्रमण गरेका छन् ।

एलजी इलेक्ट्रोनिक्स लगभग सबै देशमा उपस्थिति राख्ने, ७५ हजार बढी अन्तर्राष्ट्रिय कार्यबल भएको, टेक्नोलोजी र इलेक्ट्रोनिक्समा प्रभुत्व जमाएको, एक विश्वव्यापी आविष्कारक हो । दक्षिण कोरियाको सियोलमा मुख्यालय रहेको एलजीले २०२१ मा ६३ बिलियन अमेरिकन डलरभन्दा बढीको विश्वव्यापी व्यापार गरेको थियो । टिभी, होम एप्लाएन्स, एयर सोलुसन, मनिटर, सर्भिस रोबोट, अटोमोटिभ कम्पोनेन्टका साथै प्रिमियम एलजी सिग्नेचर र एलजी थिंन्क्यू, उपभोक्ता र व्यावसायिक उत्पादनको अग्रणी निर्माता, एलजीका विश्वभर परिचित ब्रान्ड हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width