बुद्ध विशाल बजारका मासिक विजेता घोषणा

आदर्श समाज सम्वाददाता
असाेज १, २०७९
buddha.

पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनद्वारा सञ्चालित ‘दसैं तिहार उपहारै उपहारको बहार’ उपहार योजनाअन्तर्गत दोस्रो मासिक विजेताहरु छानिएका छन् ।

एसोसिएसनको कार्यालयमा बुधबार एसोसिएसनको कार्य समितिले फेसबुक लाइभबाट मासिक उपहार विजेता सार्वजनिक गरेको हो ।

मासिक विशेष उपहारअन्तर्गत ५ हजारको सपिङ भौचर बिजेता टिकट नम्बरमा ८१२०४, ३८५३३, ३६७१४, २५९०९ रहेका छन् । कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका अध्यक्ष केशवबहादुर खत्रीले लक्की डमार्फत विजेता घोषणा गरेका थिए ।

एसोसिएसन अध्यक्ष केशवबहादुर खत्रीले उपहार कार्यक्रममा प्रथम पुरस्कार स्कुटर, दोस्रो उपहार ४३ इन्चको स्मार्ट टेलिभिजन र तृतीय पुरस्कार स्मार्ट फोन १५ हजार बराबरको ३ जनालाई प्रदान गरिने बताए । उनका अनुसार बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनभित्रका कुनै पनि पसलबाट ५ सयको समान खरिद गर्दा एउटा उपहार कुपन र १५ सयभन्दा बढीको खरिद गर्दा २ वटा उपहार कुपन उपलब्ध गराइनेछ । मासिक विशेष उपहार सपिङ भौचर ५ हजार बराबरको ४ जनालाई लक्की ड्रमार्फत उपलब्ध गराइने र महिनाको अन्तिम बुधबार खोलिने संस्थाका कोषाध्यक्ष तथा उपहार कार्यक्रमका संयोजक थमनसिंह गुरुङले जानकारी दिए ।

बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन उपाध्यक्ष इन्द्रराज अर्यालका अनुसार उपहार कार्यक्रम साउन १ देखि सुरु भएको हो । चाडपर्वका अवसरमा विगतदेखि नै विभिन्न उपहार योजनामार्फत् ग्राहक आकर्षित गर्दै आएको एसोसिएसनले यस वर्ष धेरैभन्दा धेरै ग्राहकलाई समेटन ‘दसैं तिहार उपहारै उपहारको बहार’ उपहार योजना ल्याएको एसोसिएसन महासचिव बुद्धिबहादुर कुँवर बताए ।

बुद्ध विशाल बजारभित्र करिब २ सय सटरमा फेन्सी, कस्मेटिक, जुत्ता चप्पल, वित्तीय संस्था, रेस्टुरेन्ट, सारी तथा कुर्तालगायत पसल सञ्चालनमा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width