पोखरा महानगरले बाँड्यो १० लाख रूपैयाँको खेल सामग्री

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७९
1 khelkud bikash samiti news

पोखरा । पोखरा महानगरपालिका मातहतको खेलकुद विकास समितिले खेलाडीलाई १० लाख रूपैयाँ बराबरको खेल सामग्री वितरण गरेको छ । नगर प्रमुख धनराज आचार्यको उपस्थितिमा शुक्रबार पोखरा रंगशालामा खेलसम्बद्ध संघसंस्था, प्रशिक्षक र खेलाडीलाई खेलकुद विकास समितिले सामग्री वितरण गरेको हो हो ।

बास्केटबल, भलिबल, फुटबल, आइटिएफ तेक्वान्दो, केन्पो काइ, बक्सिङ, मुआ थाइ, उसु, एथलेटिक्स, कराँतेलगायत खेलका संघसंस्था, प्रशिक्षक र खेलाडीलाई १ देखि ६६ थानसम्म सामग्री वितरण गरिएको छ ।

खेल सामग्री वितरण गर्दै मेयर आचार्यले असोज अन्तिममा पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदमा धेरै पदक जित्ने गरी मिहिनेत गर्न प्रशिक्षक र खेलाडीलाई आग्रह गरे । ‘पोखरा उत्कृष्ट आतिथ्यता दिने सहर हो । पाहुनालाई सम्मानजनक व्यवहार गर्न चुक्न हुँदैन,’ उनले भने, ‘सम्मान त गर्ने हो, त्योसँगै पदक पनि जित्नुपर्छ । ३६ खेलमध्ये धेरैभन्दा धेरै खेलमा पदक गण्डकी प्रदेशले ल्याउने गरी मिहिनेत आवश्यक छ ।’

नवौँ राष्ट्रिय खेलकुद सफल पार्न स्थानीय आयोजक भएको नाताले पोखरासँगै प्रदेशका खेल संघ र खेलाडी लाग्नुपर्ने उनले बताए । ‘राम्रो भयो भने त्यसको जस् हामीले नै पाउँछु । केही नराम्रो भए पोखरा र हाम्रै बद्नाम हुने हो । खेलसँग सम्बन्धित सबै अनुशासित र मर्यादित हुन जरुरी छ,’ उनले भने । पोखराबाट राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रशिक्षक उत्पादन गर्ने गरी योजना ल्याउने मेयर आचार्यले बताए ।

थोरै बजेट भए पनि सके जति खेललाई सामग्री बाँडेर सम्बोधन गर्ने प्रयास गरेको खेलकुद विकास समिति अध्यक्ष दिपकबहादुर गोदारले बताए । नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलाई यसपटक सम्बोधन गरेको उनको भनाइ थियो ।

खेलकुद विकास समितिको कार्यालय मेयर आचार्यले शुक्रबार नै रंगशालामा उद्घाटन गरेका छन् । यसअघि कार्यालय ड्यामसाइडस्थित शिक्षा महाशाखासँगै थियो । खेलसम्बद्ध निकाय भएको र रंगशालामा राख्दा कार्यसम्पादनमा सहज हुने भएकाले कार्यालय सारिएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले बताए ।

Related News

सम्बन्धित समाचार

  • शुक्ललाई गल्फ उपाधि

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा । नवौं राष्ट्रिय खेलकुदमा ४ पुरुष र ३ महिला गल्फर प्रशिक्षणमा व्यस्त रहँदा प्रतिस्पर्धात्मक खेल खेल्दै पाका गल्फरले उनीहरुलाई…
  • तेक्वान्दोको प्रशिक्षण भवन शिलान्यास

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा । कास्की जिल्ला तेक्वान्दो संघले सुविधासम्पन्न प्रशिक्षण भवन निर्माण गर्ने भएको छ । पोखरा रंगशालाभित्र बन्ने भवनको राष्ट्रिय खेलकुद…
  • माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो सुरु

    आदर्श समाज सम्वाददाता असाेज ७, २०७९
    पोखरा । पोखरामा बिहीबारदेखि ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ ¥याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय…
  • खेलकुद पत्रकारिता तालिम

    आदर्श समाज सम्वाददाता असाेज ६, २०७९
    पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गरी आयोजित प्रदेशस्तरीय खेलकुद पत्रकारिता तालिम बुधबार सकिएको छ । राखेपको आयोजना र…
  • मादीमा बास्केटबल सम्पन्न

    आदर्श समाज सम्वाददाता असाेज ६, २०७९
    पोखरा । राष्ट्रिय युवा संघ नेपाल मादी गाउँपालिका २, वडा कमिटीद्वारा बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । पोखराको बाँझापाटनस्थित सत्य…

hero news full width