खाद्य व्यवस्था तथा व्यापार कम्पनीको पर्व लक्षित छुट

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७९
Dashain~main

पोखरा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. गण्डकी प्रादेशिक कार्यालय पोखराले पर्वोत्सव सहुलियत छुट मूल्य पसल–२०७९ संचालनमा ल्याएको छ ।

वडादसैं, तिहार तथा छठ पर्व २०७९ अवसरमा खासगरी चामलमा छुट दिने उद्देश्यले बिरौटास्थित कार्यालयको खाद्य बिक्री कक्षबाट यस्तो सेवा दिन लागिएको निमित्त प्रादेशिक प्रमुख नवीन बस्नेतले जानकारी दिए । उनका अनुसार आगामी असोज १ देखि कात्तिक १५ सम्म यस्तो छुट प्रदान गरिनेछ ।

उक्त अवसरमा कार्यालयबाट बिक्री भइरहेका सबै किसिमका चामलमा प्रतिकिलोग्राम ७ रुपैयाँ छुट प्रदान गरिने कार्यालयले जानकारी दिएको छ । यस्तो छुट प्रदान गरेपपछि वासमति चामल ९८, जिरा मसिनो ६०, स्टिम सोना चामल ४६ र अरुवा सोना मनसुली ४४.३० प्रतिकिलोग्राम दरले उपलब्ध हुने निमित्त प्रमुख बस्नेतले जानकारी दिए ।

कार्यालयले अन्य समयमा पनि उल्लेखित ४ प्रकारका चामल आफ्नो बिक्री कक्षबाट बिक्री गर्दै आएको छ । यस पटकको चाडपर्व लक्षित कोटाअन्तर्गत ५ सय क्विन्टल चामल बिक्री गरिने योजना रहेको छ । नियमित समयमा कार्यालयबाट मासिक ६० क्विन्टल जति चामल बिक्री हुँदै आएको छ । भविष्यमा दाल पनि कम्पनीले बिक्री गर्ने लक्ष्य लिएको छ । सिद्धान्ततः अनलाइनमार्फत बुकिङ लिएर घरघरमा खाद्यन्न डेलिभरी गर्ने अवधारणा कार्यालयले बोकेको भए पनि कर्मचारी र गाडीको अभावका कारण उक्त अवधारणाले मूर्तरुप लिन नसकेको जनाइएको छ ।

गण्डकी प्रदेशमा हाल कास्कीका अतिरिक्त गोरखा, मनाङ र मुस्ताङमा पनि कार्यालयको बिक्री कक्षहरु छन् । विमलनगरमा भने रिले केन्द्र रहेको छ । नेसनल ट्रेडिङ लि. र नेपाल खाद्य संस्थानलाई गाभेर सरकारले नयाँ सरकारी कम्पनीका रुपमा २०७६ साउनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी स्थापना गराएको हो । खाद्यान्न लगायत अत्यावश्यकीय उपभोग्य वस्तुको सहज र सुलभ आपूर्तिमा बजार निर्माताको भूमिका खेल्न सक्ने एक सक्षम व्यवसायिक संस्थाको रुपमा स्थापित हुने उद्देश्य कम्पनीले लिएको छ ।

खाद्य संकटग्रस्त क्षेत्र तथा विपन्न जनताको खाद्य सुरक्षाको सुनिश्चिततामा योगदान गर्दै प्रतिस्पर्धात्मक वातावरणमा गुणस्तरीय खाद्यान्नलगायत अत्यावश्यकीय उपभोग्य वस्तु तथा सेवाको सहज र सुलभ आपूर्तिमा बजार निर्माताको भूमिका खेली व्यावसायिकरुपमा सक्षम संस्थाको रुपमा स्थापित हुने योजना पनि कम्पनीको छ ।

खाद्य सुरक्षाको सुनिश्चिततामा योगदान गर्ने, किसानको उत्पादन र स्वदेशी उद्योगले प्रोत्साहन पाउने तथा उपभोक्ताले प्रतिस्पर्धी मूल्य एवं गुणस्तरका अत्यावश्यक वस्तु सहज र सुलभरुपमा प्राप्त गर्न सक्ने गरी बजार निर्माताको भूमिका खेल्ने उद्देश्य पनि कम्पनीले लिएको छ । यसैगरी, उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग तथा व्यावसायिक क्रियाकलाप विस्तार र विविधिकरण गर्दै दिगो आयआर्जन गर्ने, अत्यावश्यक वस्तु तथा सेवाको माग र आपूर्तिका तथ्याङ्कीय आधार तयार गरी नीति निर्माण गर्न आवश्यक सहयोग पु¥याउने र कम्पनीलाई व्यवसाय–उन्मुख एवं उत्तरदायी बनाउने उद्देश्य पनि कम्पनीले लिएका जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width