पोखरा । एचटी मल्टि प्रपोज प्रालि काठमाडौंले विविध सेवा प्रदान गर्ने उद्धेश्यका साथ पोखरामा पनि सेवा विस्तार गरेको छ ।
काठमाडौं र चितवनमा यसअघि नै क्रियाशील प्रालिले उपभोक्तालाई विभिन्न नौ वटा सेवा प्रदान गर्ने आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । ढुक्क नामको मोवाइल एप्लिकेसन मार्फत् लण्ड्री, पेन्टिङ, प्लम्बिङ, इलेक्ट्रिकल, मोटरसाइकल मर्मत, राइड सेयरिङ, इयर कण्डिसनर मर्मत, घरेलु प्रयोगका सामग्रीको सुविधा र ढुवानी सेवा प्रदान गर्ने प्रालिका प्रबन्ध निर्देशक सुजन अर्यालले जानकारी दिए ।
यस्तो सेवा अब पोखरामा पनि सुरु भएको अर्यालले घोषणा गरे । यसका लागि एन्ड्रोइड प्रविधिको मोवाइलमा भएको प्लेस्टोरमा उपलब्ध कम्पनीको एप– ढुक्क डाउनलोड गरी आबश्यक विवरण भरेर अनलाइन मार्फत् सेवाको आग्रह गर्न सकिने कम्पनीका संचालक सदस्य कवि गौतमले जानकारी दिए । मोटरसाइकल मार्फत् ढुवानी गर्न सक्ने बस्तु सोही साधन र डेलिभरी भ्यानबाट ढुवानी गर्नुपर्ने बस्तु सोही अनुसार ढुवानी गरेर सेवा प्रदान गरिने बताइएको छ ।
बहुआयामिक सेवा प्रदान गर्ने उद्धेश्यका साथ स्थापित कम्पनीले भविश्यमा मोटरसाइकलमा समेत राइड सेयरिङको सेवा प्रदान गर्ने उद्देश्य बोके पनि हाललाई ट्याक्सीमा मात्र त्यस्तो सेवा सीमित गरेको जनाइएको छ । पोखरामा संचालित ट्याक्सीहरुसँग नै समन्वय गरी सहकार्यमा यस्तो सेवा प्रदान गरिने कम्पनीले जनाएको छ । उल्लेखित जुनसुकै खालको सेवा लिन चाहने सेवाग्रहीले एप मार्फत् आग्रह गरेपछि प्रालिले आबश्यक सेवा, प्राविधिक, कामदार वा मर्मतकर्ता उपलब्ध गराउने अवधारणा अनुसार सेवा विस्तार गरिएको जनाइएको छ ।
नेपाल सरकारसँग अनुमति लिएर नै यस्तो सेवा आरम्भ र विस्तार गरिएको दाबी कम्पनीले गरेको छ । कम्पनीको एपले सेवाग्रही र सेवाप्रदायकलाई जोड्ने र भेटाइदिने काम गर्ने र यस्तो मध्यस्थता गरेवापत हाललाई कुनै शुल्क नलिइने तर सेवा प्रदायकलाई भने चलनचल्तीको शुल्क तिर्नुपर्ने कम्पनीका लिलानाथ सापकोटाले जानकारी दिए । इन्साइट वर्कसप प्रालि कम्पनीको प्राविधिक साझेदार रहेको छ ।
Related News
सम्बन्धित समाचार
व्यवसायीलाई जोगाउन पोखरा उद्योग वाणिज्य संघको माग
अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
स्वागतम् सहकारीको प्रथम वार्षिकोत्सव
हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन
गहुँ आयात रोकिदा उद्योगहरु बन्द हुने अवस्थामा
hero news full width
मुख्य समाचार
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
के छ रवी लामिछानेको मुद्दामा सर्वोच्चको पूर्ण पाठ
माघ १३, २०७९रवि लामिछानेको सांसद पद खारेज
माघ १३, २०७९आजको माैसम : तराईमा हुस्सु लाग्ने, गण्डकीमा आंशिक बदली
माघ १३, २०७९टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
माघ १२, २०७९जनकपुर हुँदै अयोध्या लगिँदै देव शिला
माघ १२, २०७९