फिल्म राम्रो बुझेको छु : केसी

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०७९
Bhuwan KC

पोखरा । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रको संरक्षणका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफू सीमित समयका लागि आएको उल्लेख गर्दै छोटो समयमै सही काम गर्ने वाचा गरे ।

क्याराभान नेपाल प्रालीले पोखरामा आयोजना गरेको ‘आफ्नो कथा आफ्नो सिनेमा’ कार्यक्रममा बोल्दै उनले भने, ‘चलचित्र विकास बोर्डको अध्यक्षमा भर्खरैमात्र नियुक्ति भएको छ । थुप्रै समस्या छन् । काम गर्न आएको हुँ । छोटो समय नै सही काम गरेर देखाउने छु ।’

नेपाली सिनेमा विश्वबजारीकरण गर्न प्राविधिक पक्ष बलियो बनाउनुपर्ने धारणा व्यक्त गर्दै उनले विकास बोर्डले दक्ष प्राविधिक उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । चार दशक आफूले सिनेमा क्षेत्रमा बिताएकाले चलचित्र निर्देशक, निर्माता, लेखक, कलाकार, प्राविधिकका समस्यालाई नजिकबाट नियालेको उनले उल्लेख गरे । ‘जीवनको लामो समय मैले चलचित्र क्षेत्रमा नै बिताएको छु । यसमा भएका विविध समस्यासँग म जानकार नै छु । हिजो प्रश्न गर्ने ठाउँमा म थिएँ, आज उत्तर दिने ठाउँमा छु । सबैलाई समेटेर चलचित्र क्षेत्रको सुधारमा लाग्ने प्रण गर्दछु’, बोर्ड अध्यक्ष केसीले भने ।

क्याराभान नेपालका निर्देशक एवं ‘आफ्नो कथा आफ्नो सिनेमा’ का परिकल्पनाकार विमल पौडेलले नेपाली चलचित्र र दर्शकबीचको दूरी बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । हामीले आफ्नो कथालाई चलचित्रमा प्रस्तुत गर्न नसक्दा यस्तो समस्या आएको उनले बताए । ‘कार्यक्रम आफ्नो कथा आफ्नो सिनेमा एक अभियान हो । जुन अभियानमार्फत हामी समाजमा भएका कथा खोज्छौं । हरेक व्यक्तिका व्यथालाई प्रस्तुत गर्छौ,’ उनले भने । उनले सो अभियान गण्डकीका ११ वटै जिल्लामा गरिने बताए ।

चलचित्र निर्माता तथा निर्देशक शिवजी लामिछानेले चलचित्र विकास बोर्ड सेन्सरमा मात्रै सीमित नरही कथाको खोजी गर्ने र सिनेमाको संरक्षणमा लाग्नुपर्ने सुझाव दिए । कलाकार प्रकाश घिमिरेले नेपाली कथावस्तुअनुसार कलाकारले अभिनय गर्ने हुँदा मौलिकतामा विशेष ध्यान दिनुपर्ने बताए ।

चलचित्र पत्रकार संघ कास्की अध्यक्ष अरुण गिरीले किताबी विषय घोेकेको आधारमा मात्रै चलचित्रको कथावस्तु उत्कृष्ट बन्न नसक्ने बताए । यसका लागि समाजमा नै गएर बुझ्नुपर्ने बताए ।

गुरुङ फिल्म एसोसिएसन (जिफान) अध्यक्ष गुञ्जबहादुर गुरुङले पूर्वदेखि पश्चिमका कथालाई खोज्नुपर्ने धारणा राखे । जिफानका निवर्तमान अध्यक्ष भोजबहादुर गुरुङले भाषागत चलचित्र अब च्यारेटीमा मात्रै सीमित हुन नहुने भन्दै भाषागत चलचित्रलाई सेन्सरमा समस्या भएकोले यसको निवारणतर्फ बोर्डले ध्यान दिनुपर्ने बताए । मगर चलचित्र संघ कास्की अध्यक्ष राहुल थापाले मगर चलचित्रको व्यवस्थापन र संरक्षणमा सरकारी निकायले साथ दिनुपर्ने जनाए ।

Related News

सम्बन्धित समाचार

  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…

hero news full width