बुद्ध विशाल बजार एसोसियसनको सभा

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०७९
Bishal Bazaar (2)

पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसियसनको २४ औं साधारणसभा भएको छ । सभा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले उद्घाटन गरे । उनले महेन्द्रपुल क्षेत्रमा देखिएको पार्किङ समस्या समाधान गर्न आफ्नो तर्फबाट पहल गर्ने बताए ।

अहिले गण्डकी प्रदेश सरकारले अत्यधिक कर वृद्धि गरेको भनेर आएका समाचारतर्फ ध्यानाकर्षण भएको बताउँदै मन्त्री खड्काले यसमा आफ्नो मन्त्रालयको कुनै भूमिका नरहेको दाबी गरे । कर लगायत लाभांशको बारेमा अर्थ मन्त्रालयको अधिकार हुने उनको तर्क थियो ।

पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले अहिले व्यवसायीहरुले कर वृद्धि र बैंकहरुको व्याज वृद्धि लगायत तमाम समस्या भोगिरहेको स्मरण गराउँदै यसतर्फ राज्यको ध्यान जानु जरुरी रहेको बताए । पोखरेलले यही अवस्था रहिरहेमा व्यापार व्यवसायलाई निरन्तरता दिन निकै गाह्रो हुने उल्लेख गरे ।

बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका अध्यक्ष केशवबहादुर खत्रीले व्यवसायीको हकहितका लागि आफूले जस्तोसुकै मुल्य चुकाउन तयार रहेको बताउँदै बुद्ध विशाल बजारभित्र व्यापार व्यवसाय प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको बताए ।

खत्रीले भदौमा हुन लागेको पोखरा उद्योग वाणिज्य संघको अधिवेशनमा महासचिव पदमा उम्मेदवारी दिन लागेको बताउँदै सम्पूर्ण व्यवसायीको साथ र सहयोगको अपेक्षा गरे ।

बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका मानार्थ सदस्य तथा सल्लाहकार सुदीप ढकालले बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनलाई आफ्नो जीवनको अन्तिम समयसम्म पनि साथ र सहयोग रहने बताए । कार्यक्रममा फेन्सी तथा रेडिमेड व्यवसायी समितिका अध्यक्ष राजु पौडेल, कस्मेटिक व्यवसायी समितिका अध्यक्ष प्रेम सुवेदी, बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका सल्लाहकार ध्रुव रेग्मी लगायतले बोलेका थिए ।

कार्यक्रमबी पुराना व्यवसायीहरु बुद्धि कुँवर, गुलाम सरवर, पार्वती बस्ताकोटी र राकेश गुरुङलाई सम्मान गरिएको थियो भने बुद्ध विशाल बजार व्यापारिक एसोसियसनको छात्रवृद्धि कोषमा सहयोग गर्ने व्यवसायी र एसइई तथा प्लस टु उत्तीर्ण तथा विशिष्ट उपाधि प्राप्त गर्ने संस्थाका सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो ।

बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका अध्यक्ष केशवबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रम संयोजक इन्द्रराज अर्यालले स्वागत गरे । कार्यक्रम सञ्चालन महासचिव बुद्धि कुँवर तथा सचिव राजु केसीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width