बेकोको इन्भटर एअर कन्डिसनर बजारमा

आदर्श समाज सम्वाददाता
असार २९, २०७९
lg

पोखरा । चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्सले युरोपियन इलेक्ट्रोनिक्स ब्रान्ड बेकोको अत्याधुनिक फिचर्ससहितको कम बिजुली खाने इन्भटर एअर कन्डिसनर सार्वजनिक गरेको छ ।

जाडो र गर्मी दुबै मौसममा उपयोगी यो एअर कन्डिसनरमा गो क्लिन, जोनफलो, गोल्ड गार्ड जस्ता अत्याधुनिक फिचर्स तथा टेक्नोलोजी छन् । यसको गो क्लिन टेक्नोलोजीले एअर कन्डिसनरमा टाँसिएको धुलो र फोहोर आफै पखाल्छ, जसले गर्दा एअर कन्डिसनरमा ब्याक्टेरिया र ढुँसी जम्न दिंदैन, गन्ध घटाऊँछ र उपभोक्तालाई ताजा र स्वच्छ हावा प्रवाह गर्ने जनाइएको छ । साथै यसको गोल्ड गार्ड फिचर्सले एअर कन्डिसन उच्च क्षमतामा चलाई लामो समयसम्म टिकाउन मद्दत गर्छ । यसको जोनफलो टेक्नोलोजीले प्रयोगकर्ता बसेको ठाउँको तापक्रम महसुस गर्छ र स्वचालित रूपमा कोठाको तापक्रम समायोजन गर्छ । यसको रिमोटमा विशेष सेन्सर हुन्छ, जसको प्रयोगले प्रयोगकर्तालाई कोठाको जुनसुकै कुनामा पनि समान तापक्रम महसुस गराउँछ । कम्पनीका अनुसार यो एअर कन्डिसनर नेपाली बजारमा १ टन, १.५ टन र २ टनमा उपलब्ध छ र यसमा १० वर्षको वारेन्टी छ ।

सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सिजी डिजिटल सोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । कम्पनीका सिजी डिजिटल सोरुम काठमाडौंभित्र टंगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रविभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँबजार, बसुन्धारा, जोरपाटी र काठमाडौंबाहिर इटहरी, हेटौंडा, भरतपुरमा छन् । चौधरी गु्रप नेपाली इलेक्ट्रोनिक्स बजार व्यवसाय क्षेत्रमा लामो समयदेखि नै अनुभवी र विश्वासिलो कम्पनी हो ।

Related News

सम्बन्धित समाचार

hero news full width