पोखरा । सुजल डेरीको उत्पादन सफल दही विगत १८ वर्षदेखि पोखरा र आसपासको ठाउँमा लोकप्रिय छ । सफल दही गाई तथा भैंसीको दूधलाई उच्चकोटिको प्रविधिद्वारा प्रोसेसिङ गरी गुणस्तरीय ल्याक्टिक कल्चर प्रयोग गरिएको बाक्लो र मलायदार दही हो । खाँदा मिठो र स्वास्थ्यको लागि फाइदाजनक रहेको कारण परिवारको नियमित खानामा सफल दही प्रयोग गरिएको कम्पनीले जनाएको छ ।
सफल दही स्वास्थ्यका लागि अत्यावश्यक गुणहरूले भरिपूर्ण भएकाले हुर्किँदै गरेको बालबालिकादेखि युवा, वयस्क र वृद्धवृद्धालाई समेत गुणकारी भएको कम्पनीले उल्लेख गरेको छ । यसमा भएको क्याल्सियमले हड्डी बलियो बनाउँछ भने प्रोटिनले शारीरिक तन्दुरुस्ती ल्याउँछ । भिटामिनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
सन्तुलित खाना सबैको आवश्यकता भए पनि आजको व्यस्त दैनिकीले घर(घरका गृहिणीहरुका लागि चुनौतीपूर्ण बनेको छ । यस्तो समयमा दैनिक खानासँगै सफल दही पनि मिसाउन सके सजिलै सबै परिवारको लागि पोषण युक्त र सन्तुलित आहार तयार गर्न सजिलो बनाउने हेतुले यो क्याम्पेन ल्याइएको कम्पनीले प्रष्ट पारेको छ ।
विभिन्न चाडबाडमा अत्यावश्यक परिकारमध्येको एक दही हाम्रो समाजको अभिन्न अंगको रूपमा रही आएको छ ।
Related News
सम्बन्धित समाचार
नेप्से परिसूचक बढ्यो
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
पुतलीबजारको बजेट झण्डै १ अर्ब
hero news full width
मुख्य समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९समितिको बैठकमा सभापतिमात्रै !
असार १७, २०७९सुनिन छाडे असारे भाका
असार १७, २०७९