राम्चे(तनहुँ), १२ चैत । जन्मठाउँ कसलाई प्यारो लाग्दैन र ? आफू जन्मेको घर आँगन, अनि खाइखेली गरेका भीरपाखा, बाल्यकालका साथीभाइ । साँच्चिकै विगत सम्झँदा मन पुलकित हुन्छ । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली बिहीबार जन्म गाउँ तनहुँको राम्चे पुगे । खाली खुट्टा कुदेका खरबारी, साथीभाइसँग खेलेको आँगन, भैंसी चराएको पाखो देखेर उनी रमाइ । उनीसँगै थिए दाजु रामचन्द्र र भाइ जगदीशचन्द्र पोखरेल।
विगत सम्झँदै उनले दाजुतिर हेरेर भने, ‘दाइ हामीभन्दा अलि सिनियर उहाँको खेल्ने टिम फरक थियो, हाम्रो फरक, हामी गाईभैंसी चराउँदै पाखामा खेल्थ्यौं, दाइ चराका गुँड भएका रुख खोज्दै हिँड्नुहुन्थ्यो ।’ उनले यसो भनिरहँदा आडैमा रहेका भाइ जगदीशचन्द्र मुसुमुस हाँसिरहेका थिए । राम्चेको चौतारीमा पुगेपछि मुख्यमन्त्री कृष्णचन्द्रले चारैतिर नियाँले । चौतारीको पश्चिमतिर रहेको मगरबस्तीमा केही घर बाँकी थिए । पहिला बाक्लो बस्ती भएको ठाउँमा अहिले घरको भग्नावशेष पनि देखिँदैन । अग्ला रुख र खरले ढाकिएको छ । कच्ची नै सही मोटरबाटो भने पुगेको छ।
चौतारीको छेवैमा रहेको बाटोमा निस्केर उनले पोखरेलफाँट र वरपरका बस्ती अवलोकन गरे । पाखामा रहेका बस्ती खाली हुँदै गर्दा बेसीको खेतमा घरहरु ठडिएका थिए । अनि चारैतिर सडक बाटोको लहरमात्रै देखिने । उमेरले आफूभन्दा जेठा खड्गबहादुर अधिकारीसँग उनले भने, ‘खड्गबहादुर दाइ ठाउँ त निकै फेरिएछ नि है ।’ त्यसपछि मुख्यमन्त्रीसहितको टोलीले नजिकैको घरको आँगनमा बसेर खाजा खाएको थियो । त्यतिबेला पनि मुख्यमन्त्री पोखरेलले विगतका स्मरण सुनाउँदै थिए।
उनले यसो भनिरहँदा आडैमा रहेका भाइ जगदीशचन्द्र मुसुमुस हाँसिरहेका थिए ।
मुख्यमन्त्री पोखरेलको परिवार त्यतिबेलाको तनहुँसुरमा पर्ने राम्चेमा थियो । बाबु गोवद्र्धन शर्मा सानैदेखि विद्रोही स्वभावका । विसं १९७५ सालमा महामारीका कारण बुवाआमा सहित परिवारका ५ सदस्य ३ दिनको बीचमा गुमाएका थिए गोवद्र्धनले । त्यतिबेला गाउँमा अहिले टाइफाइट भनिने आँठे रोगको महामारी थियो । सानैमा टुहुरो भएकैले होला गोवद्र्धन शर्मामा विद्रोही स्वभाव देखिएको । उनको परिवार राम्चेबाट २०१३ सालतिर नजिकैको अर्चलचौरमा बसाइँ सर्यो । कृष्णचन्द्रले राम्चेका करिब ८ वर्ष बिताए।
तत्कालीन शासन व्यवस्थाविरुद्धको आन्दोलनमा लागेका कारण गोवद्र्धन शर्मा निर्वासनमा गएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ता भयो । कृष्णचन्द्रकी आमा द्रौपदाको निर्णय अनुसार परिवार अर्चलचौरबाट पोखरेलफाँटमा झ¥यो । राम्चेको चौतारीमै कृष्णचन्द्रले स्मरण गरे, ‘आम्दानीको स्रोत नहुँदा परिवारमा आर्थिक संकट थियो, संकटकै बीचमा आमाले हामीलाई हुर्काउनुभयो ।’ कृष्णचन्द्रकी आमा द्रौपदा अहिले ९८ वर्षकी भइन्।
भीरपानी खानेपानी आयोजना उद्घाटन गर्न उनले राम्चे पुगेका हुन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलेको पहलमा योजना परेर निर्माण सम्पन्न भएको आयोजनाले राम्चेका १ सय १० परिवारले स्वच्छ खानेपानी उपभोग गर्न पाउँछन् । पाइप विस्तारको काम भइरहेकाले अहिले करिब ७० घरमा धारा पुगिसकेको छ । राम्चेगाउँ भन्दा केही तलको भीरपानीबाट लिफ्टिङ गरेर डाँडामा ट्यांकी बनाएर पानी वितरण गरिएको छ।
राम्चे अहिले व्यास नगरपालिका वडा नम्बर ११ मा पर्छ । खानेपानी योजना उद्घाटन गरेपछि मुख्यमन्त्री पोखरेलले भने, ‘नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ, ढिलै भए पनि पनि राम्चेमा यो आयोजना सम्पन्न भएकामा खुसी लागेको छ।
युवाहरुलाई स्वदेशमै रोकेर बाँझो खेतबारी हराभरा बनाउने अनि मुलुकलाई समृद्ध बनाउन प्रदेश सरकारले पहल गरिरहेको उनले सुनाए । पर्यटकीय सम्भावना बोकेको राम्चेमा सडक लगायत पूर्वाधारका लागि तत्कालै पहल गर्ने प्रतिबद्धता उनले जनाए । मुख्यमन्त्रीसँगै प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापा र आन्तरिक मन्त्री डोवाटे विश्वकर्मा पनि थिए । डोवाटे विश्वकर्माको जन्मगाउँ पनि तनहुँसुर नै हो ।
उक्त अवसरमा मन्त्रीद्वय, मुख्यमन्त्री पोखरेलका दाजु रामचन्द्र, भाइ डा. जगदीशचन्द्र, वडाध्यक्ष वीरबहादुर खड्का, वडासदस्य हेरम्बजंग अधिकारी, स्थानीय समाजसेवी खड्गबहादुर अधिकारी, खानेपानी उपभोक्ता समिति अध्यक्ष नरबहादुर थापासहितले भनाइ राखे।
Related News
सम्बन्धित समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
शिक्षामन्त्री कोटिहोममा
hero news full width
मुख्य समाचार
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१