हेमजा । अन्नपूर्ण गाउँपालिका वडा ३ को कार्यालय भवन शुक्रबार उद्घाटन गरिएको छ । भवन उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्की प्रमुख बैनबहादुर अधिकारी क्षत्रीले संघीय व्यवस्था कार्यान्वयनसँगै विकासका मूल फुटेको दाबी गरे । उनले अब विकासलाई समृद्घिसँग जोड्नुपर्ने बताए । उनले विकास निर्माण जनताको आयआर्जनसँग नजोडिएसम्म समृद्घि हासिल नहुने तर्क पनि गरे ।
विदेश तथा सहर पसेका युवालाई गाउँघरमा झिकाएर उनीहरुलाई प्राविधिक शिक्षा सिकाइ गाउँघरमा नै टिकाउने र उनीहरुको उत्पादनलाई सहर बजार पुर्याएर बिक्री गर्न सकेको खण्डमा मात्रै देशमा समृद्घि हासिल हुने उनको ठहर छ । उनले भौतिक विकास सँगसँगै मानविय विकासको महत्वमाथि चर्चा पनि गरे।
कास्कीका तत्कालीन जिविस सभापति पुण्यप्रसाद पौडेलले राजनीतिक परिवर्तनसँगै देश विकासले फ्ड्को मारेको जनाउँदै स्थानीय सरकारलाई अझै अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए । उनले ढिकुरपोखरीमा शीतभण्डार निर्माणको आवश्यकता औंल्याए ।
दुईतले पक्की भवन ६९ लाख १८ हजारमा निर्माण गरिएको हो
गाउँपालिका अध्यक्ष युवराज कुँवरले भवन निर्माण आफैमा महत्वपूर्ण भएपनि त्यसमार्फत प्रदान गरिने सेवासुविधाप्रधान हुने जनाए । राजनीति आफैंमा असजिलो भएको भन्दै अध्यक्ष कुँवरले विकासमा राजनीति नगर्न सुझाव पनि दिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सगुन गुरुङ, जिल्ला समन्वय अधिकारी नवराज बराल, वडा १ अध्यक्ष भरतजंग कुँवर, एमाले गाउँपालिका अध्यक्ष विवेक देवकोटा, कांग्रेस पालिका सभापति मनपति भण्डारी, माओवादी पालिका सचिव नवीन गिरी, एमाले ३ अध्यक्ष महेश्वर पौडेल, कांग्रेस ३ सभापति डिल्लीराम पौडेल, माओवादी अन्नपूर्ण ३ अध्यक्ष विष्णुप्रसाद पौडेल, पाउँदुर आवासीय विद्यालायका प्रधानाध्यापक वसन्ती देवकोटा, आमा समूह प्रतिनिधि लक्ष्मी दाहाल, दमदमे टोल विकास संस्थाका संयोजक देव गिरी, पत्थर मराउँचे काँडे ग्रामीण सडकका अध्यक्ष कृष्णप्रसाद अधिकारी लगायतले कार्यालय निर्माण र त्यस मार्फत प्रवाह गरिने सेवासुविधाको महत्वमाथि प्रकाश पारे ।
त्यस अवसरमा जग्गादाता कृष्ण गिरी, वडा सचिव मुक्तिराम भण्डारी, पूर्व घरभेटी हरिप्रसाद पौडेल, कार्यालय सहयोगी, कुल ११ वटा टोल विकास संस्थाका संयोजक, ज्येष्ठ नागरिक लगायतलाई दोसल्ला र सम्मानपत्रले सम्मान पनि गरियो ।
दुईतले पक्की भवन ६९ लाख १८ हजार ८ सय ४८ को लागतमा निर्माण सम्पन्न भएको हो । जसमा ६० प्रतिशत जिल्ला समन्वय समितिको सञ्चित कोषबाट र बाँकी ४० प्रतिशत गाउँपालिकाबाट व्यहोरिएको छ । २०७७ जेठबाट निर्माण सुरु भएकोमा गत असोज १२ मा सकिएको थियो ।
वडाध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सदस्य कमला केसीले स्वागत तथा वडा सचिव भण्डारीले संचालन गरे ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
कामचलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको परिमार्जित आधारपत्र सार्वजनिक
अधिकारी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा
आदर्श समाजकर्मी विजय नेपाललाई चलचित्र पत्रकारिता पुरस्कार’, फिल्मकर्मी विनोद शेरचनलाई सम्मान
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
hero news full width
मुख्य समाचार
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ
कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र
जेठ ८, २०८१अधिकारी सरकारको वैधानिकताको टुंगो आज
जेठ ८, २०८१पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
जेठ ७, २०८१दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१