माओवादी केन्द्र गण्डकीमा पदाधिकारी टुंगो

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७८
maoist

पोखरा । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको पदाधिकारी चयनका लागि भएको सहमतिको प्रयास असफल भएपछि निर्वाचनबाट पदाधिकारी टुंग्याइएको छ ।
पोखरामा भएको मतदानबाट नवलपुरका मित्रशरण शर्मा उपाध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा संविधानसभा सदस्य (पर्वत) गुणाखर बस्याल र ज्ञामनाथ गैह्रे (बाग्लुङ) निर्वाचित भएका छन् । ३ उपाध्यक्षका लागि ७ जनाको उमेदवारी परेको थियो ।
सचिवमा गोरखाका जगन्नाथ खनाल विजयी भएका छन् । १ सचिवका लागि २ जनाको उमेदवारी परेको थियो । सहसचिवमा लमजुङका मेखबहादुर भण्डारी, तनहुका अतिन्द्र केशरी न्यौपाने र म्याग्दीका टेकबहादुर विक विजयी भए । ३ सहसचिवका लागि ६ जनाको उमेदवारी परेको थियो ।
कोषाध्यक्षमा स्याङ्जाका तारा भुसाल विजयी भएका छन् । १ कोषाध्यक्ष पदका लागि ३ जनाको उमेदवारी परेको थियो । अध्यक्ष भने यसअघि नै सहमतिमा टुंग्याएको थियो । मंसिर २७ गते सम्पन्न अधिवेशनले कास्कीकी गायत्री गुरुङलाई अध्यक्षमा चयन गरे पनि अन्य पदाधिकारी चयन गर्न सकेको थिएन ।

Related News

सम्बन्धित समाचार

hero news full width