पेट्रोलियम पदार्थ बिक्री बन्द गर्ने चेतावनी

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७८
Petrolium News

पोखरा । इन्धन आपूर्ति र ढुवानी गर्ने व्यवसायीले विभिन्न माग राखी आन्दोलनको घोषणा गरेका छन् । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिमा आवद्ध नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन, नेपाल एलपि ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले संयुक्त रुपमा आन्दोलन घोषणा गरेका हुन् ।
कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाउँदै व्यवसायीले चैत २० सम्मका चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । मूल्यवृद्धिपछि पेट्रोलियम पदार्थको कारोबारमा रोकिएको कमिसन उपलब्ध गराउनुपर्ने, प्राविधिक नोक्सानी सम्बन्धमा नापतौल तथा गुणस्तर विभागका महानिर्देशकको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदन लागु हुनुपर्ने लगायत माग छन् ।
एलपि ग्यास ढुवानी गर्ने बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडाको हकमा डिजेलको मूल्य अत्यधिक वृद्धि भए पनि हालसम्म भाडा समायोजन नभएको भन्दै भाडादर समायोजन गर्न र डिजेलको मूल्य वृद्धि हुँदा भाडा बढ्ने घट्दा स्वतः घट्ने स्वचालित ढुवानी भाडा व्यवस्था कायम गर्न माग गरिएको छ । साथै पेट्रोलियम ऐन बनाई लागु गर्नुपर्ने, निगमको एलपिजि विनियमावली, बिक्रेता विनियमावली तथा ढुवानी नियमावली संसोधन गर्नु पर्ने, पेट्रोलियमको कारोबार, आयाल निगमको सुधार र भविष्यमा गर्नु पर्ने कार्य लगायतमा व्यवसायीसहित विज्ञ टोली समावेश गरी अध्ययन गराई सरोकार निकायलाई कार्यान्वयनका लागि सिफारिस गर्नुपर्ने माग छ ।

पेट्रोलियम व्यवसायी आन्दोलित

गण्डकीमा पेट्रोलियम डिलर्स एसोसिएसन गण्डकी धौलागिरी अध्यक्ष राजन गोगंजुको संयोजकत्वमा संघर्ष समिति गठन भएको छ । संघर्ष समितिको सहसंयोजकमा गण्डकी ट्याकंर व्यवसायी संघका अध्यक्ष सुरेन्द्ररमण पराजुली र एलपि ग्यास उद्योगका प्रतिनिधि मेघराज पौडेल छन् ।
समितिले चैत १५ सम्म स्थानीयस्तरमा तीन वटै क्षेत्रका प्रतिनिधि सम्मिलित स्थानीय आन्दोलन समिति गठन गर्ने, उपभोक्ता, सरोकारवाला एवं संचारमाध्यममा अन्तत्र्रिmया गर्ने, एलपि ग्यास उद्योगहरुले नेपाल आयल निगमबाट पिडिओ एल ग्यास लोड बन्द गर्ने, एलपि ग्यास लोड भएका गाडीहरु भन्सार छुटाउने कार्य बन्द गर्ने कार्यक्रम राखेको छ । यस्तै, चैत १६ देखि पेट्रोलियम पदार्थको ढुवानी ट्यांकरले पिडिओ नलिने, १७ देखि एलपि ग्यास उद्योगबाट बिक्रेतालाई ग्यास नदिने र चैत १८ देखि पेट्रोलियम पदार्थको लोड–अनलोड बन्द गर्ने र २० देखि देशभर ग्यास बिक्री बन्द गर्ने चेतावनी दिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width