७२ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
चैत्र २, २०७८
milijuli~

पोखरा । पोखराको चिप्लेढुंगामा रहेको मिलिजुली सहकारीको १५ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ७२ युनिट रगत संकलन भएको छ ।
सहकारी रजिस्टार कार्यालयका रजिस्टार उदयबहादुर पराजुलीले पहिलो रक्तदाता अप्सरा पराजुलीलाई ब्लडब्याग हस्तान्तरण गरी उद्घाटन गरे ।
सहकारीले आफ्ना सदस्य तथा उपभोक्तालाई सामाजिक कार्यमा संग्लग्न गराई यस्ता सामाजिक कार्यहरु गर्नमा अग्रसर गराएमा सामाजिक उत्तरदायित्व बहन हुने पराजुलीले बताए ।
संस्थाका अध्यक्ष ज्ञानहरि आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकारहरु कमलनाथ कुँवर, मीनराज काफ्ले, विष्णुप्रसाद सुवेदी रक्तसञ्चार केन्द्रका प्राविधिक महेन्द्र केसीले रक्तदानका फाइदाका बारेमा बोलेको संस्थाका सचिव लेखनाथ पौडेलले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width