बुलिङटारवासीको गुनासो सुन्दै मुख्यमन्त्री

आदर्श समाज सम्वाददाता
फागुन २४, २०७८
bulling – bp smriti bhawan

मुख्यमन्त्री पोखरेल बुलिङटारमा विपी स्मृति भवन शिलान्यास गर्दै ।

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मंगलबार दिनभर नवलपुरको बुलिङटार गाउँपालिका बासिन्दाको गुनासो सुन्न व्यस्त रहे । कालीगण्डकीको किनारमा रहे पनि विकासमा निकै पछि परेको बुलिङटारमा कतिपय गाउँमा अहिले पनि बिजुली पुगेको छैन । खानेपानी र सिंचाइको पनि उस्तै समस्या छ । सदरमुकाम कावासोती पुग्न पनि निकै कष्ट झेल्नुपर्छ ।
मुख्यमन्त्री पोखरेल मंगलबार बुलिङटारका ५ वटा कार्यक्रममा सहभागी भए । बिहान विपी स्मृति भवन शिलान्यास गरेका उनी बुलिङटार गाउँपालिकामा ३ चन्टारमा आयोजित १४ औं राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता उद्घाटन, त्रिभुवन माविका संस्थापक दामोदर बस्ताकोटीको सालिक अनावरण, ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको संयुक्त कार्यक्रममा सहभागी भए । मुख्यमन्त्रीले बुलिङटार गाउँपालिका वडा १ को वडा कार्यालय पनि उद्घाटन गरे ।
मुख्यमन्त्री पोखरेलले गण्डकी सरकार नवलपुरको पहाडी भेगको विकासका लागि प्रतिबद्ध रहेको भनाइ राखे । कालीगण्डकी करिडोरको निर्माण धमाधम भइरहेको र अब दक्षिणी भेग जोड्ने सडकको निर्माण पनि सुरु भइसकेको उनले बताए । उनले भने, ‘विगतमा के भए छाडिदिनुस्, अब नवलपुरको पहाडी भेगमा विकासको मुल फुटेको छ, तपाईंहरु ढुक्क हुनुहोस् ।’
बिजुली नपुगेका बुलिङटारका गाउँमा विद्युतीकरणका लागि ठेक्का लागिसकेको भन्दै उनले केही महिनामा सबै घरमा केन्द्रीय प्रसारणको बिजुली बल्ने ठोकुवा उनले गरे । कालीगण्डकीको पानी प्रयोग गरेर बुलिङटारको फाँटमा अब छिटै नै सिंचाइ सुविधा पु¥याइने उनले बताए ।
बुलिङटार मात्र नभइ नवलपुरको पहाडी भेगको भौतिक पूर्वाधार विकास र शैक्षिक, राजनीतिक एवं सामाजिक क्षेत्रमा दामोदर बस्ताकोटीको योगदान अतुलनीय रहेको भनाइ मुख्यमन्त्रीको थियो ।
अन्तर्राष्ट्रिय महिला दिवस सन्दर्भमा उनले नेपालको संविधानले महिला हकका बारेमा धेरै विषय उल्लेख गरे पनि अब ती प्रावधान कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी महासचिव विष्णुप्रसाद लामिछाने, कांग्रेस नवलपुरका नवनिर्वाचित सभापति महेन्द्रध्वज जिसी, प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक ओमकला गौतमले शुभकामना व्यक्त गरे ।
उक्त अवसरमा जिल्ला समन्वय समिति संयोजक चेसराम आलेले प्रशस्त सम्भावना भएर पनि बुलिङटार विकासमा पछि परेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराए । भारतीय दूतावासले निर्माण गरिदिएको भवनको केही रकम ठेकेदारलाई दिन बाँकी रहेको भन्दै यसका लागि पनि छिट्टै निकास निकाल्न उनले आग्रह गरे र
बुलिङटार गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीले गएको बर्खामा बुलिङटार र जरायोटार सिंचाइ आयोजनामा क्षति पुगेको र तुरुन्त मर्मत नगरे बर्खे खेती गर्न सक्ने अवस्था नरहेको भन्दै ध्यानाकर्षण गराए । बुलिङटार महिला सञ्जाल अध्यक्ष सुनिता विकले मुलुकमा राजनीतिक परिवर्तन भए पनि महिलामाथि हुने हिंसा झनै बढेको गुनासो गरिन् ।
त्रिभुवन मावि प्रअ शम्भु बस्ताकोटीले धेरै चुनौती झेल्दै विद्यालय यो अवस्थामा आएको बताए । मुख्यमन्त्री पोखरेलले मंगलबार न बुलिङटार गाउँपालिकामा बिपी स्मृति भवन शिलान्यास गरेका छन् । स्थानीय रुकादेवी गौतम परिवारले प्रदान गरेको ४ आना जग्गामा प्रदेश सरकारको लगानीमा उक्त भवन बन्न लागेको हो ।

Related News

सम्बन्धित समाचार

  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…

hero news full width