आगो निभाउने क्रममा जलेर मृत्यु, एक जना गम्भीर घाइते

साधन राम्जाली
फागुन २४, २०७८
agalagi (2)

म्याग्दी । जंगलमा लागेको आगो निभाउने क्रममा जलेर म्याग्दीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका ५ स्थित भीरखर्क सामुदायिक जंगलमा लागेको लागेको आगो निभाउने क्रममा मंगलबार दिउँसो करिव ३ बजे अन्दाजी २६ वर्षीय मबहादुर बोहराको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सोही आगलागिमा परी मृतक बोहराका भाई २१ बर्षिय मनबहादुर बोहरा गम्भीर घाइते भएका छन् ।
सोमबर रातिदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन् । जंगलमा लागेको आगो बस्तिमा आउन थालेपछि आगो निभाउने क्रममा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए । उनका अनुसार, मृतक बोहराका भाइको स्वास्थ्य अवस्था पनि गम्भिर रहेको छ । मृतकको शव पोष्ट मार्टमको लागि बेनी अस्पताल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय दरबाङमा खटिएको प्रहरी टोली, स्थानीयबासी, युवा क्लब, लायन्स क्लब, रेडक्रसकर्मीको सहयोगमा उद्वार गरी प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा ल्याइएको हो । प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि घाइते बोहरालाई थप उपचारको लागि हेलिकप्टर मार्फत पोखरा लैजाने तयारी भइरहेको लायन्स क्लब अफ म्याग्दी दरबाङका अध्यक्ष अमृत सापकोटाले जानकारी दिए । दरबाङ बजारवासी, लायन्स क्लब, दरबाङ विपद् व्यवस्थापन समिति, जनप्रतिनिधी, संघ संस्था र स्थानीयबासीको सहयोगमा प्रभु हेलीकप्टर मार्फत पोखरा लैजाने तयारी भइरहेको उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width