हेमजा।पोखरा महानगरपालिका–८, वगालेटोल स्थित नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्था लि.को बुधवार सम्पन्न विशेष साधारणसभाले भवानी माकाजुको अध्यक्षतामा समिति चयन गरेको छ ।
त्यस्तै उक्त सभाले रिक्त अन्य सञ्चालकको पनि निर्वाचन गरेको छ ।जसको उपाध्यक्षमा इन्दिरा मर्सानी श्रेष्ठ (निर्वाचित) तथा सदस्यमा कमला भट्टराई कोइराला र विष्णुमाया पौडेल सर्वसम्मत छनोट भए।
शान्ता श्रेष्ठ संयोजक तथा सावित्रा कोइराला र खेमराज अधिकारी सदस्य रहेको निर्वाचन उप समितिले सहकारीमा रिक्त समितिको चयन गरेको हो।
सभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष सावित्रा कोइरालाले सहकारी निति, विधि र प्रविधिमा टेकेर संचालन भएकोमा खुशी व्यक्त गरिन् ।कानुनी सल्लाहकार अधिवक्ता दुर्गाप्रसाद कोइरालाले सहकारीमा सहकार्यको भावना हुनुपर्ने औँल्याए।
संस्थाका सचिव कुश्मा राणाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष लक्ष्मी अधिकारीले स्वागत तथा सहसचिव डाल्डादेवी भुजेलले संचालन गरिन्।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१