पोखरा महोत्सवको टिकट प्रभु पे एपबाट लिन पाइने

आदर्श समाज सम्वाददाता
पौष २२, २०७८
prabhu 2

पोखरा । एघारौं पोखरा महोत्सवको टिकट घरबाटै लिन पाइने भएको छ । पुस २८ देखि माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा युनाइटेड क्लबको आयोजनामा हुने ११ औं संस्करणको पोखरा महोत्सवको टिकट घरबाटै काटेर महोत्सव स्थल पुग्न सक्नेछन् ।
महोत्सव आयोजक संस्था युनाइटेड क्लबका सदस्य तथा महोत्सव टिकट व्यवस्थापन उपसमिति संयोजक पूर्णकुमार श्रेष्ठ र डिजिटल अनलाइन टिकेटिङ पार्टनर प्रभु टेक्नोलोजीका जनरल म्यानेजर बिक्की शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
श्रेष्ठका अनुसार महोत्सवमा कोभिडलाई मध्यनजर गरी टिकट काउन्टरमा हुने भीड कम होस भन्ने उद्देश्यले डिजिटल प्रविधिबाट प्रभु पे को एपबाट महोत्सवको टिकट घरबाटै काट्ने व्यवस्था मिलाइएको बताए ।
महोत्सवमा आउने दर्शकले प्रभु पे को एप डाउनलोड गरी इभेन्टमा गएर पोखरा महोत्सवमा क्लिक गरी अनलाइन टिकट काट्न सक्ने प्रभु पेका गण्डकी प्रदेश बजार प्रमुख महादेव अधिकारीले बताए । अनलाइन टिकटसँगै महोत्सवमा आउने दर्शकले प्रभु टेक्नोलोजीअन्तर्गतको कि ओस मेसिनबाट महोत्सव स्थलमा समेत टिकट सजिलै लिन सक्नेछन् ।
दर्शकहरुले आफ्नो नजिकको प्रभु पे को शाखा तथा एजेन्ट आउटलेटहरु, प्रभु म्यानेजमेन्ट सहकारी नेटवर्क र प्रभु पे मर्चेन्टबाट समेत टिकट काट्न सकिने प्रभु पेका गण्डकी प्रदेश बजार प्रमुख अधिकारीले बताए ।
प्रभु पे ले विभिन्न मेला महोत्सव तथा इभेन्टमा अनलाइन टिकेटिङको काम पनि गर्दै आइरहेको छ । गण्डकी प्रदेशको प्रभु पे सपोर्ट कार्यालय पोखरा जिरो किलोमिटरमा रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width