गरिमाको वार्षिकोत्सवमा रक्तदान

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०७८
garima (2)

म्याग्दी । गरिमा विकास बैंकले १५ औं वार्षिकोत्सव अवसरमा मंगलबार बेनीमा आयोजना गरेको रक्तदानमा ३० युनिट रगत संकलन भएको छ । बेनी नरपालिकाका मेयर हरिकुमार श्रेष्ठले ब्लडब्याग हस्तान्तरण गरी रक्तदानको शुभारम्भ गरेका थिए । उनले वित्तीय कारोबारसँगै बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरतासहितका सामाजिक कार्यमा सहयोग गरेको बताए ।
सञ्चालक समिति सदस्य दीपेन्द्र श्रेष्ठले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा योगदान पुर्‍याउने उद्देश्यसहित रक्तदान कार्यक्रम आयोजना गरेको बताए ।
रेडक्रस सोसाइटी बेनी शाखाअन्तर्गतको रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा संकलन भएको रगत बेनी अस्पतालका बिरामीसँगै आवश्यकता अनुसार जिल्ला बाहिरसमेत पठाउन सकिने केन्द्रका संयोजक सुरत केसीले बताए ।
सञ्चालक दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा क्लस्टर प्रमुख भोलाप्रसाद तिवारीले स्वागत र बागलुङ शाखा प्रमुख नारायणहरि शर्माले सञ्चान गरेको बेनी शाखाकी वरिष्ठ सहायक कविता शर्माले जानकारी दिइन् । बैंकको सदरमुकाम बेनी, पश्चिम म्याग्दीको बाबियाचौर, दरबाङ, उत्तरी क्षेत्रका जनतालाई लक्षित गरी पोखरेबगरमा शाखा छ । जिल्लामा धेरै ग्राहक र रेमिट्यान्स प्रवाह गर्ने वित्तीय संस्थासमेत रहेको बैंक नियमित सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम गर्ने बैंकमा पर्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width