उत्कृष्ट वस्तुगत सम्मान पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनलाई

आदर्श समाज सम्वाददाता
असाेज २०, २०७८
pcci

पोखरा । पोखरा उद्योग वाणिज्य संघले हरेक २ वर्षमा प्रदान गर्दै आइरहेको ‘पोउवा संघ उत्कृष्ट वस्तुगत संघ सम्मान २०७८’ बाट पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएन सम्मानित भएको छ ।

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले संघको ६७ औं वार्षिक अधिवेशनको अवसरमा बुधबार एसोसिएसनलाई उक्त सम्मानबाट सम्मानित गरेका हुन् । संघका पूर्वअध्यक्ष दीपक श्रेष्ठको संयोजकत्वमा गठित सम्मानयोग्य वस्तुगत संघ चयन समितिको सिफारिसमा उक्त सम्मान प्रदान गरिएको हो । समितिमा संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापति तथा संघका पूर्वकार्यसमिति सदस्य टीकाराम सापकोटा सदस्य थिए । संघसँग आवद्ध वस्तुगत संघहरुमध्ये गतिविधिका आधारमा हरेक २ वर्षमा सो सम्मान प्रदान गरिँदै आइएको संघका महासचिव सुरेन्द्रमान बिजुक्छेले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width