पोखरा । उपाय सिटी कार्गोले युकेएड स्किल्स फर एम्प्लोय्मेन्ट (सीप)को साझेदारीमा पोखरामा सेवा सुरु गरेको छ । पोखरामा ९ महिना अघिदेखि सेवा सुरु गरेकोे कार्गोले शुक्रबारदेखि औपचारिकता दिएको हो ।
उपाय सिटी कार्गोले डिजिटल ढुवानी सेवामा मेरुदण्ड बन्ने दुर्दर्शिता बोकेको कम्पनीले जनाएको छ । युकेएडको अनुदान प्राप्त सीप परियोजनाको साझेदारीमा उपाय सिटी कार्गोले इंट्रासिटीमा साना व्यवसायका साथै व्यक्तिहरूमा अब भारी सामानहरुको लागि मात्र नभई साना वस्तुहरू र पार्सल डेलिभरीका लागि पनि ढुवानी सेवा सुरु गरेको कार्गोका अध्यक्ष सुमन रायमाझीले जानकारी दिए ।
२ पांग्रे सवारीमार्फत सेवा सुरु गरेसँगै अब भारी सामानहरुको लागि मात्र नभई साना वस्तुहरू र पार्सल डेलिभरीका लागि सहज हुने उनले जानकारी दिए । उपायले टेक्नोलोजी प्लेटफर्मको सदुपयोग गरेर रोजगारको सम्भावना उजागर गरेको उनको भनाइ छ । सीप र उपाय सिटीकार्गोको साझेदारीले आप्रवासी कामदार, महिला र अन्य सामाजिक तथा आर्थिक रूपले विपन्न समूहलाई समेट्ने कम्पनीले बताएको छ ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्कीले पोखरामा आएको कार्गोले सबैलाई सहज बनाउने उनको धारणा व्यक्त गरे । जनताका लागि सस्तो र सुलभ सेवा दिएर सबैको मन जित्न शुभकामना दिए । कार्गोलाई सफल बनाउन आफूले सकेको सहयोग गर्ने बताए ।
सीप र उपाय सिटी कार्गोको साझेदारीले आप्रवासी कामदारहरु, महिलाहरु, र अन्य सामाजिक आर्थिक रूपले विपन्न समूहहरुलाई लक्षित गरेको छ । कार्गो प्रयोग गर्दा सजिलो र सस्तो सुविधा प्राप्त हुने साथै समयको बचत हुने कम्पनीका सुवोध थापाले जानकारी दिए । नेपालको सबैभन्दा सुदृढ डिजिटल ढुवानी कार्गोको लक्ष्य रहेको उनले बताए । काठमाडौं, पोखरा, बटवल र भैरहवामा शाखा विस्तार गरेको कार्गोले अहिले सम्म २ हजार ५ सय ड्राइभर र ८ हजार भन्दा बढिलाई सेवा दिइसकेको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१