सबुलाई तीजगीत दोहोरी प्रतियोगिताको उपाधि

आदर्श समाज सम्वाददाता
भाद्र २२, २०७८
teej

पोखरा  । हाम्रो घरले आयोजना गरेकोे खुला राष्ट्रिय तीज दोहोरी गीत प्रतियोगिताको उपाधि सबु सर्गमले जितेकी छन् ।
६३ प्रतियोगीलाई पछि पार्दै अर्घाखाँची घर भइ काठमाडौंमा दोहोरी क्षेत्रमा क्रियाशील सर्गमले उपाधि हात पारेकी हुन् । फाइनलमा उनको भेट दाङका निशान्त विकसँग भएको थियो ।
यस्तै, धादिङका प्रसंग थपलिया र प्यूठानकी अञ्जु आचार्य क्रमशः तृतीय र सान्त्वना भए । पाल्पा रामपुरकी विपना खनाल उत्कृष्ट प्रतियोगी घोषित भइन् । प्रथम, द्वितीय, तृतीयलाई क्रमश २५ हजार, १५ हजार र १० हजार तथा सान्त्वना र उत्कृष्टलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
पछिल्लो समय युवापुस्तामा लोकप्रिय बन्दै गएको क्लब हाउस प्रयोगकर्ताको समूह ‘हाम्रो घर’ले २ दिनसम्म सो प्रतियोगिता गरेको हो ।
लोक तथा दोहोरीगीत गायक रविन लामिछाने, लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकीकी महिला उपाध्यक्ष माया गुरुङ, प्रतिष्ठान गण्डकी अञ्चल पूर्व कोषाध्यक्ष विजय केसी र लोक तथा दोहोरीगीत गायक सुरेश रावल निर्णायक थिए ।
यसअघि प्रतियोगिता उद्घाटन गर्दै प्रतिष्ठान केन्द्रीय अध्यक्ष रमेश बिजीले डिजिटल प्लेटफर्ममार्फत लोक तथा दोहोरी गीतको श्रीवृद्धिमा आयोजकले गरेको प्रयास प्रशंसनीय रहेको बताए ।
हाम्रो घरका क्रियटर तथा कार्यक्रम संयोजक रमेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहसंयोजक राम कँडेल र सञ्चालन सुरेश क्षेत्री, आभृति भूपाल, पशुपति ढकाल र संगम रेग्मीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width