पोखरा । कास्की जिल्ला तेक्वान्दो संघको अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन भएको छ । कास्की जिल्ला तेक्वान्दो संघका निवर्तमान अध्यक्ष एवं गण्डकी प्रदेश तेक्वान्दो संघ अध्यक्ष जगनबहादुर गुरुङले शनिबार कार्यसमितिको पदस्थापन गराएका हुन् ।
गत साउन ३० मा सम्पन्न जिल्ला संघको अधवेशनले कुमार गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेका थियो । संघको रिक्त उपाध्यक्षमा विकास डिसी, सहसचिवमा बोधराज गिरी र कार्यसमिति सदस्यमा मैनबहादुर गर्वुजा, लक्ष्मी गुरुङ, त्रिभुवन बानियाँ गुप्ता र धनबहादुर गुरुङ (सुमन) लाई मनोनयन गरिएको छ । सल्लाहकारमा निवर्तमान अध्यक्ष जगनबहादुर गुरुङ, रत्नमान गुरुङ, योगेन्द्रबहादुर बस्नेत, जगन्नाथ ढकाल, निर्मला बराल, सुनिल गुरुङ, इन्द्र गुरुङ (युके), राजु श्रेष्ठ (युके), बल थापा (युके), कृष्ण गुरुङ (हङकङ) छन् ।
संघको गतिविधि चलायमान गराउन विभिन्न उपसमिति समेत गठन गर्दै प्रवक्तासमेत तोकिएको छ । बैठकले संंघ प्रवक्तामा संघका सचिव दीपेन्द्र पहारीलाई मनोनीत गरेको छ ।
पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरेको छ । जसअनुसार ग्रेडिङ उपसमिति संयोजक बलराम लामा, प्रतियोगिता उपसमिति संयोजक कुलचन्द्र शर्मा, टिम तयारी उपसमिति संयोजक किरण गौतम तोकिएका छन् । साथै निर्णायक उपसमितिमा सुनबहादुर लामा, तेक्वान्दो विकास उपसमितिमा विकास डिसी, अनुगमन तथा मूल्यांकनमा दीपेन्द्र पहारीलाई संयोजकको जिम्मेवारी दिइएको छ ।
Related News
सम्बन्धित समाचार
भलिबलमा अटल हिमाल
इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड
पोखरा ७ स्तरीय वृहत दौड प्रतियोगिता
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
hero news full width
मुख्य समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१