हेमजा । अन्नपूर्ण गाउँपालिकामा नयाँ खेल मैदान निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । गाउँपालिकाको एकमात्र ११ ‘ए’ साइड फुटबल खेल्न मिल्ने माछापुच्छे« माविको मैदानमा खेल खेलाउन व्यावहारिक हिसाबले विभिन्न अप्ठ्यारा पर्दै आएकोमा अन्नपूर्णवासीले आफ्नै स्वामित्वमा नयाँ मैदान निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् । सहिद स्मारक ‘सि’ डिभिजन लिगको छनोट प्रतियोगिताको तयारीमा रहेको पाउँदुरकोट युवा क्लबले आयोजना गरेको सरोकारवालासँग अन्तक्र्रियाका वक्ताले त्यस्तो बताएका हुन् ।
गाउँपालिका अध्यक्ष युवराज कुँवरले माछापुच्छ्रे माविस्थित मैदानको विकल्प खोज्नुपर्ने स्पष्ट पार्दै उपयुक्त जमिनको खोजी भइरहेको बताए । उनले अन्नपूर्ण ३ स्थित लाख्रेमा मैदान निर्माणबारे सम्भाव्यता अध्ययन भइरहेको भन्दै उक्त मैदान गाउँपालिका मातहत हुने पनि औंल्याए । उनले अन्य स्थानमा मैदान निर्माणका लागि आवश्यक जमिन भए खबर गर्न पालिकावासीमा आग्रह पनि गरे । ‘गाउँपालिकाभर विभिन्न टोलमा गरी करिब ३ सय ५० क्लब छन् । उनीहरुलाई मैदान आवश्यक पर्ने भएकोले नयाँ मैदान खोजीमा पालिका छ,’ अध्यक्ष कुँवरले भने, ‘त्यसका साथै गाउँपालिकामा व्यवस्थित खेलकुद एकेडेमी पनि स्थापना गर्नुपर्ने छ ।’
ढिकुरपोखरी युवा सञ्जालका खेल संयोजक विकास गुरुङले अन्नपूर्णमा मैदान व्यवस्थापन चुनौतीको विषय बनेको बताए । उनले गाउँपालिकास्तरीय खेलकुद विकास समिति गठन गरी खेल गतिविधिलाई प्रभावकारी बनाइनुपर्ने पनि स्पष्ट पारे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सगुन गुरुङ, अन्नपूर्ण १ का अध्यक्ष भरतजंग कुँवर, ३ का अध्यक्ष चन्द्रबहादुर गुरुङ, ६ का अध्यक्ष चित्रबहादुर गुरुङ, जिपी कोइराला फाउन्डेसनका यादवराज अधिकारी, ढिकुरपोखरी युवा सञ्जालका अध्यक्ष सुशील भट्टचन, महासचिव दिल जिसी, गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख बलराम भुगाई, क्लब अध्यक्ष ईश्वर पौडेल, नवीन गिरी, प्रकाश गुरुङ, वीरेन्द्र गुरुङ, शंकर केसी, नवराज श्रेष्ठ, युवराज गुरुङ, डिल्लीराम पौडेल, यज्ञप्रसाद पौडेल लगायतले पनि नयाँ खेलमैदान निर्माणको महत्व औंल्याए ।
उनीहरुले सर्वप्रथम गाउँपालिकाले आफ्नौ स्वामित्वमा रहने गरी खेलमैदान निर्माण गर्नुपर्ने, खेलकुदमा लगानी बढाउनुपर्ने, आफ्नो पालिकाका क्षमतावान् खेलाडी चिन्नुपर्ने, खेलकुदलाई व्यावसायिकतासँग जोड्दै एकेडेमी सञ्चालन गर्नुपर्ने, खेल क्षेत्रको विकासमा सरोकारवाला सबैले योगदान रहनुपर्ने लगायत भनाइ राखे ।
माछापुच्छे« माविका प्रअ घनश्याम पौडेलले विद्यालय पठनपाठनलाई मध्यनजर गरी खेल गतिविधि सञ्चालन गर्नुपर्ने बताए । पढाइ भइरहँदा खेल गतिविधिले पठनपाठनमा प्रत्यक्ष असर पार्दै आएको उनको अनुभव छ । मैदान विद्यालयको स्वमित्वमा छ । त्यसैले अबका दिनमा शैक्षिक क्रियाकलापमा अप्ठ्यारो पर्ने गरी सो मैदानमा कुनै पनि गतिविधि गर्न नदिइने पौडेलले स्पष्ट पारे ।
Related News
सम्बन्धित समाचार
पोखरामा एसिया कप ट्रायथलन: इजिप्टका इसमाइल र आइसल्यान्डका इडालाई उपाधि
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१