माछापुच्छ्रे मावि व्यवस्थापनमा बमबहादुर

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०८१
Machhapuchre mabi

पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोलामा अवस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बमबहादुर गुरुङ चयन भए ।

विद्यालयमा शुक्रबार भएको भेलाले व्यवसायी एवं समाजसेवी गुरुङलाई पुनः अध्यक्षमा चयन गरेको हो । समितिका सदस्यहरू सुमन श्रेष्ठ, माधव आचार्य, सुनिता सेवा, इनबहादुर तामाङ, टेकराज आचार्य, अनील गुरुङ छन् । विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्य सदस्य सचिव र शिक्षक प्रतिनिधि सुशीला गुरुङ छन् । विद्यालयको संरक्षकमा वडाध्यक्ष गणेश आचार्य रहेका छन् ।

नवगठित व्यवस्थापन समितिका अध्यक्ष गुरुङले विद्यालयलाई जिल्लाकै नमूना बनाउने गरी आफूले काम गर्ने प्रतिबद्धता जनाए । उनी यसअघि विसं २०७७ माघ १४ गते पहिलोपटक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन भएका थिए । अध्यक्ष गुरुङकै पहलमा विद्यालयलाई भारतीय दूतावासबाट हालै बस प्राप्त भएको थियो ।

‘विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक पूर्वाधार विकासमा थप मिहिनेत गरेर काम गर्नेछु । विद्यालयलाई सक्षम र सुविधासम्पन्न बनाउँदै नमूना विद्यालय बनाउने मेरो प्रयास हुनेछ,’ उनले भने ।

वडाध्यक्ष आचार्यले नवगठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङको दोस्रो कार्यकालमा विद्यालयले शैक्षिक क्षेत्रका थप प्रगति र उत्कृष्टता हासिल गर्ने विश्वास व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । राष्ट्रिय मावि पोखराले हीरक महोत्सव अवसरमा आयोजना गरेको ५ किमी छात्रछात्रा सडक दौडमा छात्रतर्फ छोरेपाटनका तेञ्जेन रोका मगर…
  • ‘शिक्षामा राजनीतिक हस्तक्षेप बढ्यो’

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकाका विद्यालयहरूमा पालिकाले राजनीतिक पूर्वाग्रही भएर विद्यालयमा अनावश्यक हस्तक्षेप गरेको भन्दै यहाँका ४ राजनीतिक दलले पालिकामा…
  • हिल प्वाइन्टमा विद्यार्थी तथा शिक्षकको स्वागत

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । हिल प्वाइन्ट सेकेन्डरी स्कुल, माटेपानीले नवआगन्तुक विद्यार्थी तथा नवनियुक्त शिक्षकलाई स्वागत गरेको छ । विद्यालयका संस्थापक प्राचार्य दिवाकर…
  • इन्द्रराज्यलक्ष्मी माविको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा। इन्द्रराज्यलक्ष्मी मावि, लामाचौरको ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार भएको छ । त्यस अवसरमा गण्डकी प्रदेश सरकारको सहयोगमा नवनिर्मित…
  • लिटल फ्लावरमा विविध कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    लेखनाथ ।विश्व रेडक्रस दिवस अवसरमा लिटल फ्लावर एजुकेसनल एकेडेमीमा विविध कार्यक्रम भए । नयाँ शैक्षिक सत्रमा भर्ना भएका विभिन्न कक्षाका…

hero news full width