पोखराका सामाजिक अभियन्ता भक्तपुरमा

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०८१
Pkr Bkt krishna bastosl

भक्तपुर । पोखरामा क्रियाशील सामाजिक अभियानहरूको टोली शनिबार भक्तपुर आइपुग्यो । नागरिक समाज कास्की र वातावरण संरक्षणका लागि महाअभियान कास्कीको नेतृत्वमा १५ सदस्यीय सम्पदा अवलोकन भ्रमण टोलीले भक्तपुर दरबार स्क्वायर अवलोकन गरेको थियो । त्यसअघि स्वतन्त्र पत्रकार संघ भक्तपुर शाखाले टोलीलाई दरबार परिसरमा स्वागत गर्दै दरबारको ऐतिहासिक अवस्थाबारे जानकारी गराएको थियो ।

त्यस अवसरमा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, केन्द्रीय सल्लाहकार इन्दुल केसी, राष्ट्रिय पार्षद् कृष्ण किसीले अवलोकनकर्ताहरूको जिज्ञासा मेटाएका थिए ।

वैशाख १४ देखि १६ गतेसम्म ३ दिवसीय भ्रमणमा आएको सामाजिक अभियन्ताहरूको टोलीले उपत्यकाका भक्तपुर, ललितपुर र कान्तिपुरका राष्ट्रिय सम्पदाको अवलोकन गर्ने कार्यक्रम छ ।

Related News

सम्बन्धित समाचार

  • फेवातालमा पौडी प्रतियोगिता

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । गण्डकी प्रदेश पौडी संघको आयोजनामा पोखरामा पहिलो पल्ट प्रथम पोखरा खुला पौडी प्रतियोगिता–२०८१ भएको छ । शनिबार फेवातालमा…
  • ७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताउनुभएको छ । शनिबार गण्डकी…
  • नरहरिको उपन्यास ‘शान्ति’ लोकार्पण

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । शिक्षासेवी तथा साहित्यकार नरहरि भट्टराईको शान्ति नायक उपन्यास शनिबार लोकार्पण गरिएको छ । शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको…
  • सर्वेश्वरका व्यवसायी व्यापार प्रवद्र्धन अभियानमा

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । पोखराको अति व्यस्त बजार मानिने सर्वेश्वर मार्गका व्यवसायीहरू व्यापार प्रवद्र्धन गर्न छिमेकी जिल्लाहरूको भ्रमणमा जाने भएका छन् ।…
  • ‘क्यानभास’ मा धार्चेको कलासंस्कृति र भूगोल

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    काठमाडौं । मनास्लु र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारका रूपमा रहेको गोरखाको धार्चे गाउँपालिकाका कलासंस्कृति र भूगोललाई ‘क्यानभास’ मा उतारिएको…

hero news full width