आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०८१
aagolagi niyantran training

पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम बस्नेतको कमाण्डमा खटिएको प्रहरी टोलीद्वारा पोखरा महानगरपालिकाअन्तर्गत वडा नं. ८, ९ र १० मा आगोलागी नियन्त्रणसम्बन्धी प्रयोगात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष कमल बहादुर श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा भान्साको ठाउँमा हुने आगोलागी नियन्त्रण, एलपीजी ग्याँसबाट हुने आगलागीबाट बच्ने उपायहरू, शरीरमा लागेको आगोलागी नियन्त्रणसम्बन्धी प्रयोगात्मक प्रशिक्षण गराइएको थियो । प्रशिक्षणकै क्रममा प्रहरी निरीक्षक बाबुराम बस्नेतले अग्नि नियन्त्रकको प्रयोग विधि र फायर बलको उपयोगिताको विषयमा समेत प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमको अवसरमा सामुदायिक सेवा केन्द्रका अध्यक्ष कमलबहादुर श्रेष्ठले विपद् बाजा बजाएर नआउने भएकोले समयमै पूर्वतयारीमा लाग्न आफ्नो संस्थाले कार्यक्रमको आयोजना गरेको बताए ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सर्वसाधारण र सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width