पोखरा । तमुधि युकेको आयोजनामा आगामी साता बेलायतमा नेपाली मेला हुँदैछ । अगस्ट २९ मा हुने सो मेलाको १२ औं संस्करणको तयारी धमाधम भइरहेको जनाइएको छ । कोरोना महामारीका कारण गत वर्ष स्थगित मेला यसपटक लन्डनस्थित नेपाली दुतावासको सहकार्यमा हुँदैछ ।
बेलायतकै सबैभन्दा बृहत् फुटबल प्रतियोगिता ‘गोर्खा कप’ सकिएको महिनाभित्र केम्पटन पार्क रेस कोर्समा मेला हुने भएको हो । पत्रकार सम्मेलनमा मेला संयोजक वरिष्ठ उपाध्यक्ष हरि गुरुङले मेला तयारीबारे जानकारी दिँदै करिब ३० हजार पाउण्ड अनुमानित खर्च हुने बताए । मेलामा बेलायतस्थित विभिन्न १९ संघसंस्थाले भाग लिने तय भएको उनको भनाइ छ । ती संस्थाले नेपाली कला संस्कृति, परम्परा, रहनसहन, भेषभुषा झल्किने विभिन्न झाँकी, नृत्य प्रस्तुत गर्ने छन् । बेलायत सरकारले कोरोनासम्बन्धी नियम हटाए पनि इच्छुक आगन्तुकलाई मास्क र स्यानिटाइजर उपलब्ध गराइने संयोजकले जनाए । मेलामा करिब ३ हजार दर्शक सहभागी हुने अनुमान गरिएको बताए । उनका अनुसार विगतमा ८/१० हजारसम्म दर्शक आउँथे ।
बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले मेला उद्घाटन गर्नेछन् । यसपटक विगतमा जस्तो अन्य देशका कुटनीतिज्ञ उल्लेख्य सहभागी नहुने सम्भावना छ । ‘डिप्लोम्याट्स निमन्त्रणा गर्ने जिम्मा दूतावासलाई दिइएको हो । समय अभाव, कोभिड र दूतावासमा सबै नयाँ टिम भएका कारण धेरै डिप्लोम्याट्स नहुन सक्छन्,’ संयोजक गुरुङले भने, ‘तर, विदेशीहरु र स्थानीय काउन्सिल नेता दर्शकका रुपमा रहने अपेक्षा छ ।’ मेलामा खाना, च्यारिटी, हस्तकला लगायतका २७ व्यापारिक स्टल रहनेछन् । विभिन्न सांस्कृतिक प्रस्तुति र दर्शकले काटेको टिकटबाटै राफल ड्र पनि सञ्चालन गरिनेछ । राफल ड्र विजेतालाई १ तोला सुन, उपविजेतालाई ट्याबलेट र तृतीयलाई १ सय पाउण्ड नगद दिइने तमुधिं युकेले जनाएको छ ।
मेलामा सहभागी भएर नेपाली मौलिकपनको रसस्वादन गर्न तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङले अपिल गरेका छन् । मेलामा झाँकी र नृत्य दुवैमा प्रथम हुने समूहलाई १ हजार १ सय पाउण्डसहित ‘एम्बासडर कप’ प्रदान गरिनेछ । मेलाका लागि दुतावासबाट २५ सय पाउण्ड सहयोग प्राप्त भएको आमा समूह महासचिव यशोदा गुरुङले बताइन् ।
Related News
सम्बन्धित समाचार
कतारमा भलिबल, कास्की आदर्श समाजलाई उपाधि
वैदेशिक रोजगार शाखा तथा प्रतिनिधि संरक्षण संघ कास्कीमा सुजन श्रेष्ठ
कास्की आदर्श समाज कतारको शुभकामना आदानप्रदान
कतारमा शुभकामना आदानप्रदान
परदेशको पसिनाको प्रतिफल कसरी ?
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१