वैदेशिक रोजगार शाखा तथा प्रतिनिधि संरक्षण संघ कास्कीमा सुजन श्रेष्ठ

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७९
baidesik sujan

पोखरा । वैदेशिक रोजगार शाखा तथा प्रतिनिधि संरक्षण संघ कास्की अध्यक्षमा सुजन श्रेष्ठ निर्वाचित भएका छन् । संस्थाको वरिष्ठ उपाध्यक्षमा घनश्याम गौतम, उपाध्यक्ष अर्जुन थापा, महासचिव विक्रम पोख्रेल, सचिव धीरज श्रेष्ठ, कोषाध्यक्ष सागिर अली, सहकोषाध्यक्ष नीरज खनाल लगायत १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

संघ अध्यक्ष सोभित विकको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री पञ्चराम गुरुङले गरेका थिए । मन्त्री गुरूङले आफू पनि विदेशमा पसिना बेचेर आएको भन्दै आफूलाई श्रम र वैदेशिक रोजगारीको बाध्यता र पीडा जानकारी रहेको बताए । उनले रेमिट्यान्समार्फत वैदेशिक रोजगारले राज्यलाई दिएको योगदानको अवमूल्यन गरिनु न्यायोचित नहुने भन्दै यसभित्र रहेका कमीकमजोरी हटाउन सामूहिक प्रतिबद्धताको खाँचो रहेको बताए ।

कार्यक्रममा संघका पूर्व सचिव जगतमोहन गिरी, मेडिकल व्यवसायी प्रवेशचन्द्र उप्रेतीलगायत व्यवसायीले वैदेशिक रोजगारले रेमिट्यान्समार्फत गरिबको घरमा खरको छानो बदलेर टिनको छानो फेर्नेदेखि राज्यको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिए । उनीहरूले अनधिकृतरूपमा खोलिएका म्यानपावर कार्यालय र उनीहरूका एजेन्ट लगायतले गरेको गलत कामको दोष वैधानिक ढंगले विदेशमा कामदार पठाउने कम्पनीका शाखा सञ्चालकलाई दिन नहुने माग गरे ।

वैदशिक रोजगार देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा स्थापित भइरहेको अवस्थामा सरकारी पक्षले अवैधानिक र वैधानिक पक्षको विश्लेषण गरेर व्यवहार गर्नुपर्नेमा पनि उनीहरूको जोड रहेको छ । संघका सचिव शा मोहम्मदले सञ्चालन गरेको कार्यक्रममा पोखरा तथा आसपासका करिब ५ दर्जनभन्दा बढी वैदेशिक रोजगार व्यवसायी र कर्मचारीलगायतको उपस्थित थियो ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…
  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…

hero news full width