पोखरा । कास्की आदर्श समाज कतारले नयाँ वर्ष २०२३ को अवसर पारेर शुभकामना आदान प्रदान तथा विविध सास्कृतिक कार्यक्रम गरेको छ । सन् २००२ मा स्थापना भएको समाजले गत शुक्रबार कतारको सनैयास्थित अलतिया पेरिस हाइपर मार्केटमा रहेको फूलबारी रेस्टुरेन्टमा कार्यक्रम गरेको हो ।
गैर आवासिय नेपाली संघ अन्तर्रास्ट्रिय समन्वय परिषद्का युवा उपाध्यक्ष राज रेग्मीकोे प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा कास्की आदर्श समाज अन्तर्रास्ट्रिय समन्वय परिषद नेपालका सल्लाहकार संयोजक तथा सस्थाका सस्थापक बिलबहादुर गुरुङ, समाज कतारका सस्थापक विमल सुवेदी, धनबहादुर कार्की सहभागी थिए । यसैगरी गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद कतारका सचिव दीपजंग शाह, कास्की आदर्श समाज अन्तर्रास्ट्रिय समन्वय परिषद नेपालका उपमहासचिव तथा सस्थाका संरक्षक मनप्रसाद रानामगर, पूर्वअध्यक्ष तथा संरक्षक आशबहादुर गुरुङ, प्रमुख सल्लाहकार हेमबहादुर बिक्की बिक, गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष राकेश श्रेष्ठ, सल्लाहकार रेसम बस्नेत, प्रकाश विश्वकर्मा, नविन पौडेल लगायतको उपस्थितिमा कार्यक्रम भएको हो ।
सामाजिक वैचारिक संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, सामाजिक अभियन्ता व्यवसायी कलाकार लगायत कस्केली तथा गैरकस्केली नेपालीको बाक्लो उपस्थिति रहेको कार्यक्रम करिब ६ घन्टा चलेको थियो । उक्त कार्यक्रममा सस्थालाई सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा दोहा पुल्स एन्ड स्कापिङका रामहरि खत्री, गोविन्द बराल, नवीन पौडेल, केशु गुरुङ र रामचन्द्र सुनार छन् । कार्यक्रममा बीचमा कलाकार अमृत परियार, अन्जली क्षत्री, एन्जिसा बराल, सिबी गुरुङ, गुना मगर, लोकेन्द्र दुतराज, राम बाबु, रेश्मि सेन्चुरी, मनप्रसाद रानामगर, रेसम बस्नेत लगायतले सास्कृतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि राज रेग्मीले कास्की आदर्श समाजले नामजस्तै आदर्श सामाजिक कार्य गर्दै आएको आफूले पाएको बताए ।
सस्थाका अध्यक्ष अग्निधर देवकोटाले उपस्थित सम्पूर्णलाई धन्यवाद् व्यक्त गर्दै कार्यक्रम सफल बनाउन अहोरात्र खट्ने कार्यसमितिका पदाधिकारी र सदस्य, सहयोगी दाता लगायतलाई धन्यवाद व्यक्त गरे । कार्यक्रमको संयोजक अमृत विश्वककर्मा र सह संयोजकमा केशु गुरुङ थिए । कार्यक्रमको सहजीकरण सस्थाका सचिव विष्णु तिमिल्सिना र उपाध्यक्ष अमृत विश्वकर्माले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
वैदेशिक रोजगार शाखा तथा प्रतिनिधि संरक्षण संघ कास्कीमा सुजन श्रेष्ठ
कास्की आदर्श समाज कतारको शुभकामना आदानप्रदान
परदेशको पसिनाको प्रतिफल कसरी ?
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
सडक दुर्घटनामा मलेशियामा नेपालीको मृत्यु
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९