फिल्म ‘ट्याङ्चलाक’ छनोटमा

आदर्श समाज सम्वाददाता
भाद्र १, २०७८
tyangchaalaak

पोखरा । अमेरिकामा गएर बसोबास गरिरहेका नेपाली आदिवासी जनजाति समुदायले आयोजना गर्ने चलचित्र महोत्सव र निफ अवार्ड कार्यक्रममा नेपालबाट विभिन्न चलचित्र छनोेट गरिएको छ । गुरुङ, तामाङ, ह्याल्मो, नेवार, राई, लिम्बु र मगरको चलचित्र फाइनल चरणको लागि छनोट भएका छन् ।
गुरुङबाट मि न्होेर्वै ट, तामाङबाट प्रङना, ह्याल्मोबाट मेतोक, नेवारबाट मनःगुभाजु, राईबाट सायाबुङ, लिम्बुबाट केः र मगरबाट ट्याङ्चलाक छनोट भए ।
मगर समाज र मानुङको कथामा आधारित रहेर मेजन पुन मगरको लेखन/निर्देशनमा निर्माण गरिएको मगरपनको मगर चलचित्र ट्याङ्चलाक (उज्यालोतिर) ४२ वर्ष लामो इतिहास बोकेको डर्बान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव दक्षिण अफ्रिकामा फिचर फिल्म सेक्सनमा विश्वका ३ सय फिचर फिल्ममध्येबाट ३५ वटामा छनोट भएको थियो ।
सो चलचित्रमा शिक्षा, स्वास्थ्य, आर्थिक, भौगोलिक तथा वर्तमान सामाजिक परिवेशका विषय उठान गरिएको छ । चलचित्रमा राज थापा काउचा, प्रभा मगर, सनम आले, सुजन थापा मगर, शिला खनाल राना, सुमन थापा मगर, गीता रखाली मगर, शिल्पा थापा मगर, रञ्जना थापा मगर, महेन्द्र दर्लामी, बसन सारु मगर, मञ्जु मगर, किशोर खनाल, रवि गिरी, टीका गिरी, मनराज थापा मगर, रोहन तण्डुकार, बम पुन लगायतले अभिनय गरेका छन् । लेखन/निर्देशन मेकबहादुर पुन (मेजन) को हो भने प्रविनजंग खड्काले फिल्म खिचेका हुन् ।

Related News

सम्बन्धित समाचार

  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • बेरोजगार युवाको कथा ‘डिग्री माइला’

    आदर्श समाज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा । रामबाबु गुरुङ निर्देशित नेपाली फिल्म ‘डिग्री माइला’ प्रदर्शन तयारीमा छ । यही ३० चैतदेखि अलनेपाल रिलिज हुन लागेको…
  • सिनेमा प्रतिक्रिया दिन पोखरामा रिभ्यू बक्स

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा । सिनेमा हेरिसकेपछि प्रतिक्रियाका लागि कास्कीमा रिभ्यू बक्स स्थापना गरिएको छ । चलचित्र पत्रकार संघ (चपस) नेपाल, कास्कीले पोखराका दुई…
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…

hero news full width