गण्डकीमा दैनिक ५ सय संक्रमित

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेशमा बुधबार ६ सय ८० जना संक्रमित थपिए । १ हजार २ सय ५६ नमुना परीक्षणमा ५४.१४ प्रतिशतमा पोजेटिभ देखिएको हो । तीमध्ये ३ सय ५२ पुरुष र ३ सय २८ महिला छन् । थपिएकामध्ये सबैभन्दा बढी कास्कीका छन् । जिल्लामा १ सय ८ पुरुष र ८९ महिला गरी १ सय ९७ जना संक्रमित थपिएका हुन् ।
यस्तै गोरखाका १ सय २१, मुस्ताङ १, म्याग्दी १०, पर्वत ८८ र लमजुङ २३ जनामा कोरोना भएको छ । यसैगरी तनहुँ ३४, बागलुङ ८४, स्याङ्जा ६८ र नवलपुर ५४ जना संक्रमित थपिँदा मनाङ शून्य रह््यो । योसँगै गण्डकीमा संक्रमितको कुल संख्या ७३ हजार ८ सय ६१ पुगेको छ । प्रदेशमा हाल ६ हजार १ सय ३२ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये होम आइसोलेसनमा ५ हजार ८ सय ११ जना बसेका छन् ।
पछिल्लो २४ घन्टामा ५ सय १९ निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६६ हजार ५ सय ७५ पुगेको छ । नेपालमा थप २ हजार ६ सय १६ जनामा कोरोना भाइरस संक्रमण देखियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हजार ९ सय ७ पिसिआर परीक्षणमा बुधबार २ हजार ६ सय १६ मा संक्रमण भएको पुष्टि गरेको छ । यस्तै, एन्टिजेन विधिबाट ५ हजार ७ सय ४९ परीक्षणमा ८ सय ६५ मा संक्रमण पुष्टि भएको छ । पिसिआर र एन्टिजेन विधिबाट गरिएको १६ हजार ६ सय ५६ नमुना परीक्षणबाट ३ हजार ४ सय ८१ जनामा संक्रमण देखिएको छ ।
पिसिआर परीक्षणबाट नेपालमा कोरोना पुष्टि हुनेको संख्या ७ लाख २३ हजार २ सय ९६ पुगेको छ । २४ घन्टामा थप १ हजार ८ सय ८५ संक्रमणमुक्त भए । योसँगै निको हुनेको संख्या ६ लाख ७५ हजार ८३ पुगेको छ ।
गण्डकीमा थप ५ जनाको मृत्यु भएको छ । मंगलबार थप ८ जनाको मृत्यु भएको थियो । बुधबार सार्वजनिक तथ्यांक अनुसार मृत्यु हुनेमा स्याङ्जाका २ सहित कास्की, बागलुङ र तनहुँका १÷१ जना छन् । स्याङ्जा वालिङ ७ की ७२ वर्षीया महिलाकोे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारक्रममा मृत्यु भएको हो । वालिङ ९ की ३५ वर्षीया महिलाकोे मेडिप्लस अस्पताल पोखरामा मृत्यु भएको हो ।
पोखरा ३२ का ७९ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल निधन भएको हो । तनहुँ व्यास १४ का ५१ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार ज्यान गएको हो । बागलुङ जैमिनी ३ की ५५ वर्षीया महिलाकोे गण्डकी मेडिकल कलेजमा मृत्यु भयो । यससँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुने १ हजार १ सय ५४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट थप ३० सँगै कुल १० हजार १ सय ८० जनाले ज्यान गुमाए ।

Related News

सम्बन्धित समाचार

hero news full width